हेलिकोप्टर दुर्घटनाः मन्त्रीसहित ७ जनाकै शव ३ बजे टुँडिखेलमा राखिने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव अहिले ३ बजे टुँडिखेलमा राखिने भएको छ । टुँडिखेलमा उनिहरुको शव श्रद्धाञ्जलिका लागि राख्न लागिएको हो ।

मन्त्री अधिकारीसहित ७ जनाकै शवलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन् ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ताप्लेजुङबाट काठमाडौं ल्याएपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम सकिएपछि शवहरु अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिनेछ ।

दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी, यती एयरलाईन्सका मालिक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।