१५ वटा पेट्रोल पम्प हटाउन सिफारिश

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं महानगरपालिकाले सडकस“गै टाँसिएर रहेका जोखिमयुक्त पेट्रोल पम्प हटाउन पहल थालेको छ । शहरी सुव्यवस्था विभागका प्रमुख हरि कु“वर नेतृत्वको समितिले आपूर्ति मन्त्रालय, नेपाल आयाल निगम, महानगरीय प्रहरी लगायतका निकायस“ग छलफल थालेको हो ।

कुव“रका अनुसार १५ वटा हटाउनुपर्ने अवस्थाका पम्पबारे महानगरीय प्रहरीले समितिलाई जानकारी दिएको छ । यी पम्पका सूची महानगरपालिकाले निगमलाई पनि दिएको छ ।दमकलचोकको एचपी इन्टरनेसनल इन्क, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, कलंकीका बाबा, स्यामा र त्रिशूल, जोरपाटीका जुबी र बराल, एकान्तकुनाको गायत्री, महाराजगङ्जको सीता, टेकुको कनक, सोल्टीमोडको सीता तथा बालाजुको कोतधुकु पेट्रोल पम्पलाई हटाउनुपर्ने प्रहरीको सुझाव छ ।

यसबारे अब विस्तृतमा अध्ययन गर्ने तयारी छ । हटाउन सिफारिस हुन लागेका पम्पहरुबारे स्थलगत रुपमा अध्ययन गरिने संयोजक कु“वरले बताउनुभयो ।ती पम्पहरु कुन अवस्थामा सञ्चालन अनुमति दिइएको थियो र हाल कुन अवस्थामा छन् भनेर अध्ययन गरिनेछ ।‘यस्ता पम्पहरुमा गाडी रोकेर तेल हाल्न लाइन लाग्छ, यसले सडकसम्मै जाम गरिरहेको छ,’ कु“वरले भन्नुभयो,’सडकको जाम हटाउन पनि यस्ता सडकस“गैका पम्पहरु हटाउन लागेका हौं ।’

यस्ता पम्पमा सुरक्षाका कुनैपनि मापदण्ड पुरा नभएको महानगरको दावी छ । यदि कसैले चुरोटको ननिभेको ठूटा असावधानी बस पम्पमा फालिदिए विष्फोट र आगजनी भएर जनधनको ठूलो क्षति समेत हुन सक्ने अवस्था रहेको कु“वर बताउ“छन् ।‘यस्ता पम्पहरुले सुरक्षा जोखिम निकै बढाएका छन् । कुनै गाडीले गएर पम्पमा हानिदियो भने आगजनी भएर ठूलो क्षति हुने खतरामा पनि छ,’ उहा“ले भन्नुभयो,’व्यस्त बजारका बीचमा रहेका पम्पहरुलाई हटाउन आवश्यक भइसक्यो ।’

शहरका धेरै पम्पहरुमा आफ्नै सुरक्षा पर्खाल छैनन् । गाडी लाइन लाग्न पुग्ने ठाउ“ पनि छैन, जसले गर्दा सडकसम्मै गाडी लाइनमा बस्छन् । आगो निभाउन राख्नुपर्ने आधुनिक यन्त्र उपकरण पनि यस्ता पम्पले राखेका छैनन् ।
पम्पमा सुरक्षा हेर्ने गरी गार्डहरु पनि राखिएका छैनन् । यसले गर्दा आगलागी भए सडकमा गुडिरहेका गाडी, तिनमा सवार यात्रु र पैदलयात्रुलाई समेत क्षति पु¥याउने निष्कर्ष महानगरको छ ।

नेपाल आयल निगम भने शहरमा नागरिकलाई सेवा दिइरहेका पम्प तत्काल विकल्प तयार नगरी हटाउन नहुने पक्षमा छ । शहरका मुख्य पम्पहरु बन्द गरिदि“दा ग्राहकले सास्ती पाउने निगमका एक अधिकारीले बताए ।काठमाडौंमा फराकिलो स्थान खोजेर पम्प खोल्न अब महंगो र अप्ठेरो हुने तथा सवारी धनीलाई पनि पर–पर पुगेर पम्प हाल्न सास्ती हुने तर्क निगमको छ ।