मन्त्री अधिकारीको निवासमै पुगेर प्रधानमन्त्रीले परिवारलाई सम्झाए

0
Shares

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको घरमै पुगेर परिवारका सदस्यहरूलाइ समवेदना व्यक्त गरेका छन ।

आज ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएपछि प्रम ओलीसहित अन्य मन्त्रीको टोली अधिकारी निवासमा पुगेको हो ।
सरकारले मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक मनाउनेसमेत घोषित गर्दै भोलि बिहीबार सार्वजनिक विदा दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

दुर्घटनामा मन्त्री अधिकारीसहित यती एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, प्रम कार्यालयका उपसचिव युवराज दाहाल, निर्देशक, उड्ययन प्राधिकरण ध्रुव भोछिभोया, नेपाल नागरिक उड्ययन प्राधिकरणका नायब महानिर्देशक वीरेन्द्र श्रेष्ठ, सुरक्षाकर्मी अर्जुन घिमिरे र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको छ ।