राष्ट्रपतिद्वारा हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त

0
Shares

काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

साथै हेलिकप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवकहरुको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
रासस