आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते

0
Shares

डडेल्धुरा ।  आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक गम्भीर घाइते भएकी छन् ।

मङ्गलबार राति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ वर्षीया छोरी आरतीको मृत्यु भएको छ भने अर्की जेठी छोरी ११ वर्षीया निरुता गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गम्भीर घाइते निरुतालाई थप उपचारका लागि काठमाण्डु लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

उत्तम थापाको किराना पसलबाट शुरु भएको आगलागीबाट सँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा पनि आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । आगो कसरी लाग्यो भन्ने कुरा खुल्न सकेको छैन ।