विराटनगर, (नेस)
विराटनगर बिमानस्थलबाट गोलीसहित पक्राउ परेका विप्लव नेतृत्वको नेकपासंवद्ध विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा २५ दिनपछि छुटेका छन् । विराटनगर बिमानस्थलबाट काठमाडौं जाने क्रममा गत माघ १७ गते तीन राउण्ड गोलीसहित पक्राउ परेका विश्वकर्मा २० हजार धरौटी बुझाएर छुटेका हुन् ।
उनी नेकपासम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन् । नेतत्वको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र जिल्ला प्रकाशन कार्यालय मोरङमा धरौटी बुझाएपछि काठमाडौं फर्किएका छन् । पार्टीको कामले माघ दोस्रो साता पूर्व आएका नरेन्द्र सुनसरी र मोरङको कार्यक्रमपछि माघ १७ गते साँझ काठमाडौं फर्किदै थिए । चेकजाँच गर्दा झोलामा तीन राउण्ड गोली भेटिएपछि पक्राउ परेका थिए ।
आफ्ना नेता पक्राउको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले एक दिन शैक्षिक संस्था बन्द गरेका थिए । विप्लवको नेकपाले एकजनाको ज्यान जाने गरी देशभरि बम विष्फोटसहितका गतिविधि र आतंक मच्चाइरहेका बेला बन्दुकको गोलीसहित पक्राउ परेका विश्वकर्मा रिहा भएका हुन् । विश्वकर्मा विप्लवको नेकपा निकटको अखिल क्रान्तिकारीको कोषाध्यक्ष समेत हुन् ।











प्रतिक्रिया