केभीएसलाई दोहोरो उपाधि


काठमाडौं, (नेस)
काठमाडौं विनायक शिक्षालय (केभीएस) ले जिसाका स्पोर्ट्स मिटमा दोहोरो उपाधि जितेको छ । केभीएस सिनियर ब्वाइज कबड्डी र जुनियर ब्वाइज फुटबलमा च्याम्पियन बन्यो ।

ग्रुप अफ इन्स्टित्युसनल स्कुल फर एडिसनल को–क्युरिकलर एक्टिभिटिभ (जिसाका) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज कबड्डी फाइनलमा केभीएसले देश तिलकलाई ३८–३२ ले पराजित ग¥यो ।

जुनियर ब्वाइज फुटबल उपाधि भिडन्तमा केभीएसले कोलम्बसलाई ३–१ गोलले हरायो । विजेताका नवीन रोकाया, सुदीप शेर्पा र अविरल थापा मगरले एक–एक गोल गरे । पिस प्वाइन्ट एकेडेमी, इमाडोलले तेश्रो स्थानमा चित्त बुझायो । कोलम्बसका विनय थापा उत्कृष्ट खेलाडी तथा केभीएसका निराजन भण्डारी उत्कृष्ट गोलरक्षक घोषित भए ।

सिनियर गल्र्स फुटबलमा पिस प्वाइन्ट स्कुल, बानेश्वर पहिलो भयो । फाइनलमा पिस प्वाइन्टले अभिषेक ज्ञान मन्दिर (एजीएम) लाई १–० गोलले पाखा लगायो । पिस प्वाइन्टकी एमी लामाले निर्णायक गोल गरिन् । एजीएमकी मिलि श्रेष्ठ उत्कृष्ट खेलाडी तथा पिस प्वाइन्टकी सुस्मिता गौतम उत्कृष्ट गोलरक्षक चुनिए ।