पुलिस फेरि क्यामरुनसँग पराजित


विजय नेपाली, (नेस)
पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबको यात्रा समाप्त भएको छ ।

पुलिसको यात्रा पाहुना टोलि क्यामरुनको डाफिन्स एफसीले २–१ गोल अन्तरले हराएर रोकिदिएको हो । जित संगै डाफिन्स सेमिफाइनलमा प्रवेश पुगेको छ । क्याराभान गोल्डकप र पाँच पटक आहा रारा कपको विजेता बनेको पुलिसको लागि क्वाटरफाइनलबाट नै विश्राम लिनु परेको छ । सोमबार मात्रै बुटवलमा भएको तिलोत्तमा गोल्डकपको फाइनलमा समेत डाफिन्सले पुलिसलाइ सडनडेथमा हराउदै उपाधी आफ्नो पक्षमा पारेको थियो ।

तिलोत्तमा गोल्डकपको बदला पोखरामा लिने अवसर पाए पनि बदला लिन भने सकेन । खेलमा पाएको अवसरको सदुपयोग गर्न नसक्दा पुलिस जितबाट पन्छिनु परेको हो । दौफिन्सको जितमा आन्द्रे थिएरी र ओवानाले गोल गरेका हुन । खेलको ३७ औ मिनेटमा अहन्दा एस्सह अलोय्सले दिएको कर्नर पासमा अन्द्रेले हेड गोल गरेका हुन । अलोय्सले प्रहार गरेको कर्नरमा पुलिसका गोलरक्षक सत्रुधन चौधरी पन्च गर्न अघि बढेको स्थितिमा उनले हेड मार्फत गोल गरेका हुन ।

पहिलो हाफमा १(० गोलले पछि परेको पुलिसले दोस्रो हाफमा निकै दबाबमा राख्दै बराबरी गोल फर्काए खेलको अन्तिम समयमा थप गरिएको ३ मिनेटमा गोल गर्दै निर्धा्रित समय १(१ गोलको बराबरिमा सकिए पछि थप गरिएको अतिरिक्त समयमा डाफिन्सका नदेम्बा ओवानाले गोल गर्दै जित दिलाएका हुन । यसअघि सातौं मिनेटमा डाफिन्सका पेट्ङा अर्मेलले दिएको क्रसपासमा टिना डिडेरले गरेको प्रहार पुलिसका गोलरक्षक सत्रुधन चौधरीले बचाउ गरे । ३३ औ मिनेटमा पुलिसले पाएको अवसर समेत गुमाउन पुग्यो । पुलिसका नीर कुमार राइले फ्लिक गरेको बल फस्टबार नजिकै बाट बाहिरिन पुग्यो । ७२ औ मिनेटमा रवि पासवानको पासमा कप्तान भरत शाहले गरेको उत्कृष्ट प्रहार बारमा लाग्नु पुलिसको लागि दुर्भाग्यपूर्ण बन्न पुग्यो ।

खेलको अतिरिक्त समयमा केही विवाद भएपछी दौफिन्सका खेलाडिलाइ धक्का दिदा पुलिसका हरि क्षेत्री रातो कार्ड पाउदै मैदान बाट बाहिरीए ।
खेलको म्यान अफ दि म्याच दौफिन्सका अन्द्रे थिएरी घोषित भए उनले नगर पाँच हजार रुपैयाँको साथमा ट्रफी हात पारे । अब क्यामरुनी टिम दौफिन्सले विभागीय टोलि त्रिभुवन आर्मी क्लब संग दोस्रो सेमिफाइनल खेल खेल्ने छ ।
प्रतियोगिता अन्तरगत बुधबार रुस्लान थ्रीस्टार क्लब र विभागीय टोलि सशस्त्र प्रहरी बल एपिएफ बिच पहिलो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिए ।