मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी प्रसारणलाइन सञ्चालन

0
Shares

काठमाडौं, (नेस)
मध्यमस्र्याङदी–दमौली– मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारणलाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन (चार्ज) मा ल्याएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारणलाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताउनुभयो । ‘मध्यमस्र्याङदी–मस्र्याङदी प्रसारणलाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट वर्षामा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना थियो ।

अब मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी लाइन सञ्चालनमा आएपछि विद्युत् खेर जाने सम्भावनाको अन्त्य भएको छ,’ उहाँले भन्नुभयो–‘मस्र्याङदी–काठमाडौं र मस्र्याङदी–भरतपुर प्रसारणलाइनमा फल्ट आउँदा प्राधिकरणका मध्यमस्र्याङदी, मस्र्याङदीसहित निजी क्षेत्रका आयोजनाको विद्युत् प्रवाह गर्न नसक्ने अवस्था थियो । अब यसको पनि अन्त्य भएको छ, अब ती आयोजनाको विद्युत् दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ ।’

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङदी ७० मेगावाट तथा तल्लो मस्र्याङदी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमस्र्याङदी–मस्र्याङदी प्रसारण लाइन हुँदै काठमाडौं र चितवको भरतपुरतर्फ प्रवाह हँुदै आएको छ । मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भारतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताउनुभयो ।

उहाँले दमौली सबस्टेसनबाट दमौली– लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमश ः पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने बताउनुभयो । ‘यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२÷३३ केभी सब स्टेसन केही दिनमै सञ्चालनमा ल्याउँदैछौं,’ उहाँले भन्नुभयो ।‘मस्र्याङदी, दमौली र मध्यमस्र्याङदी सबस्टेसनमा पनि थपेका छौं, मध्यमस्र्याङदीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ ।’