रिलायन्स फाइनान्सको नयाँ शाखा इमाडोलमा

0
Shares

काठमाडौं, (नेस)
रिलायन्स फाइनान्सले ललितपुरको महालक्ष्मी नगरपालिका– १ स्थित इमाडोलमा आफ्नो आठांै शाखा उद्घाटन गरेको छ । उक्त शाखा कम्पनीका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले मन्तव्य राख्नु भएको थियो ।

कम्पनीको राजधानीको प्रदर्शनीमार्गमा मुख्य शाखा कार्यालय र न्यँरोड काठमाडौ, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, बेशीशहर लमजुङ, जनागाल बनेपा, आरुघाट गोरखा, र चारआली झापामा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ।