नेपाल इन्भेष्टमेन्ट बैंक ३३औं वर्षमा प्रवेश

0
Shares

काठमाडाैं, (नेस)
नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३३ वर्ष पँरा गरेको छ । सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजस्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटीएम तथा ३ हजार ६६५ वटा पीओएस मेसिनबाट सेवा दिइरहेको छ ।

बैंकले आफ्नो ३३औं वार्षिकोत्सवको उपलक्ष्यमा एनआईबीएल क्रमिक मुद्दती खाता शुरू गरेको छ । कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्नेछ । हरेक महिना न्यँनतम ३३३ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९ दशकलव २५ प्रतिशत ब्याज पाउन सक्ने छ । थोरै थोरै नगद जम्मा गरेर पनि मुद्दती खाता खोली भविश्यका लागि आर्थिक जोहो गर्न सकिन्छ भन्ने विषयलाई महत्व दिइएको बैंकले जनाएको छ ।

त्यस्तै बालबालिकामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्वजनिक गरेको छ । बालबालिकालाई सानै उमेरदेखि नै बैंकको महŒव तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विश्वास गर्नका लागि बैंकले जानकारीमुलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो।

त्यस्तै ३३औं वार्षिकोत्सवको सुखद अवसरमा एनआईबीएल भिसा कार्ड प्रयोगकर्ताका लागि पीओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यासब्याक ३३ दिनका लागि प्रदान गर्दैछ ।

यस वर्षदेखि बैंकले आफ्ना कार्ड सञ्जालमा मास्टरकार्डको सेवा सञ्चालनमा ल्याएको छ । मास्टर कार्ड, एटीएम, पीओएस मेसिन दुवैको सुविधा प्राप्त गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७४÷७५ को अन्त्यसम्ममा बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड पुगेको छ भने जगेडा तथा कोषको रकम ९ अर्ब ७७ करोड पुगेको छ । शेयरधनी कोष रकम २४ अर्ब ८७ करोड पु¥याएको छ । बैंकले २०७४÷७५ मा ४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ भने खुद नाफा ३ अर्ब ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११ दशमलव ४५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १ सय २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एनपीए) अनुपात १ दशमलव ३६ प्रतिशत रहेको छ ।

दोस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब कर्जा लगानी गरेको छ । उक्त त्रैमाससम्ममा बैंकले ४ अर्ब ७ करोड सञ्चालन मुनाफा कमाउन सफल भएको छ भने १ अर्ब ९७ करोड खुद मुनाफा कमाएको छ ।