साना किसान सम्मेलन हुँदै

0
Shares

काठमाडौं, (नेस)
साना किसान विकास लघुवित्त वित्त वित्तीय संस्थाले फागुन १६ र १७ गते काठमाडौंमा दोस्रो साना किसान सम्मेलनको आयोजना गर्ने भएको छ ।
‘साना किसानको समृद्धि ः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ नारा रहेको सम्मेलनमा देशभरिका करिब एक हजार साना किसान प्रतिनिधिले भाग लिने आयोजकले जनाएका छन् ।

सम्मेलनमा साना किसानमा उद्यमशलीताको विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने अभियान नै साना किसान विकास कार्यक्रमको अबको दिशा हो भन्ने कुरामा आमसाना किसानहरुलाई परिचालन गर्न सघाउ पुगोस् भन्ने उद्देश्यले सम्मेलन गर्न लागिएको साना किसान सम्मेलन आयोजनाका अध्यक्ष श्रीकृष्ण उपाध्यायले बताउनुभयो ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता गरी करिब १२ सयभन्दा बढीले सहभागिता जनाउने छन् ।

गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास , रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दिगो विकास लक्ष्यले निर्र्दिष्ट गरेका लक्ष्य हसिल गर्ने सम्बन्धमा सम्मेलनमा १४ सत्रमा प्रस्तुत हुने २८ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।

साना किसानहरुको उद्यमशीलतामा विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने संस्थाको अभियान भएको सम्मेलनका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनु भयो । संस्थाले प्रत्येक चार वर्षमा सम्मेलन गर्दै आएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रममा वित्त क्षेत्रका सवै सरोकारवाल निकायले सहभागीता जनाउनेछन् ।