एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच सम्झौता

0
Shares

 

काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृते सुद्युम्नप्रसाद उपाध्यायले हस्ताक्षर गर्नुभयो ।