वाणिज्य बैंकलाई टक्कर दिँदै विकास बैंक



नेपाल समाचारपत्र, काठमाडौं
पटक–पटक दोहोरिँदै गएको तरलता समस्याका कारण वाणिज्य बैंकहरूलाई ब्याजदर तथा नयाँ कर्जा लगानीमा समस्या हुँदै आएको छ । यतिखेर वाणिज्य बैंकहरूमा ब्याजदरको समस्याका कारण उद्योग व्यवसायी तथा बैंकरबीच विवाद रहेको छ ।

ठँला वित्तीय संस्था भनेका वाणिज्य बैंकहरुमा विभिन्न समस्या आउँदै गर्दा विकास बैंकहरु भने यतिबेला सामान्य देखिएका छन् । एकआध विकास बैंकबाहेक अधिकांश अहिले व्यापार विस्तारमा आक्रामक देखिएका छन् ।

शाखा सञ्जाल मात्रै होइन नाफा र निक्षेपका आधारमा पनि केही वाणिज्य बैंकको तुलनामा विकास बैंक स्थिति माथि नै छ । ‘एलसी खोल्ने, स्थानीय तहको बजेट परिचालन गर्ने तथा क्रेडिट कार्ड जारी गर्ने नीतिगत बन्धनले नरोकेको भए विकास बैंकहरूले वाणिज्य बैंकको व्यापार खोस्ने स्थितिमा रहेका छन् । ’ एक पँर्व बैंकरले नेपाल समाचारपत्रसँग भने–‘सरकारले एलसी खोल्न र स्थानीय तहको बजेट परिचालन गर्न मात्रै खोल्यो भने दुई चारवटा वाणिज्य बैंकभन्दा केही विकास बैंक अगाडि हुन्छन् ।’

‘चुक्ता पुँजीका आधारमा अहिले राष्ट्रियस्तरका विकास बंैकहरू तीन वर्ष अघिका वाणिज्य बैंककै हैसियतमा रहेका छन् । पुँजीवृद्धिसँगै उनीहरूको शाखा सञ्जाल पनि बढ्दै गएको थियो । केही समय अघि तरलता समस्याका कारण निक्षेपको ब्याज वृद्धि गर्दा विकास बैंकको लिक्युडिटीमा केही हलचल देखिएको थियो । तर, वाणिज्य बैंकहरुले ब्याजदरमा गरेको भद्र सहमतिले त्यसलाई समाधान गरेको ।’ विकास बैंकका अधिकारीहरुको दाबी छ । विकास बैंकहरुमा खुद्रा निक्षेप गर्दाको हिस्सा बढी रहेका कारण पनि राष्ट्रिय अर्थतन्त्रमा आउने हलचलले धेरै ठँलो समस्या नदेखाएको उनीहरुको भनाइ छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाको अनुमति पाएका विकास बैंकको संख्या हाल ३३ पुगेको छ ।जसमध्ये राष्ट्रियस्तरका विकास बैंक ११ वटा, ४ देखि १० जिल्ला कार्यक्षेत्र रहेको विकास बैंक एउटा, १ देखि ३ जिल्ला कार्यक्षेत्र रहेको विकास बैंक १७ वटा र एउटामात्रै जिल्ला कार्यक्षेत्र रहेको विकास बैंकको संख्या ४ वटा रहेको छ । ती सबै नपोल स्टक एक्सचेन्ज (नेप्से) मा सँचीकृत भएका छन् ।

पुँजी बजारमा वाणिज्य बैंकको जस्तै शेयर मँल्यमा ठँलो उतारचढाव देखिँदैन, सामान्य गतिमा विकास बैंकहरु शेयर मँल्य र कारोबार हुँदै आएको सरोकारवाला बताउँछन् । उनीहरुका अनुसार वाणिज्य बैंकहरुको जस्तो तीव्र उतारचढाव छैन । चालँ आर्थिक वर्षको पहिलो छ महिनाको वित्तीय स्थितिले पनि सो कुराको संकेत गर्छ ।

एलसी खोल्ने, स्थानीय तहको बजेट परिचालन गर्ने तथा क्रेडिट कार्ड जारी गर्ने जस्ता केही नीतिगत बन्धनले नरोकेको भए विकास बैंकहरूले वाणिज्य बैंकको व्यापार खोस्ने स्थितिमा रहेका छन् ।

 

वित्तीय विवरण अनुसार चुक्ता पुँजी उच्च हुने विकास बैंकहरुमा मुक्तिनाथ, महालक्ष्मी, गरिमा, गण्डकी, सांग्रिला, ज्योति विकास बैंक, देवः विकास बैंक, कैलाश, ओम, कामना सेवा र लुम्बिनी विकास बैंक र शाइन रेसुंगालगायतका विकास बैंक रहेका छन् । कुनै बेला लघुवित्त कम्पनी जस्तै स्याङुजा वरिपरीमा सीमित रहेको मुक्तिनाथ विकास बैंक अहिले राष्ट्रिस्तरको मात्रै होइन विकास बैंकको अग्रस्थानमा रहेको ३ अर्ब ६ करोड ४७ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकले व्यापार विस्तारलाई आक्रामक रुपमा अगाडि बढाएको छ । दोस्रो त्रैयमाससम्म बैंकले ४० करोड ४८ लाख रुपियाँभन्दा बढी खुद नाफा गरेको छ ।

अन्य विकास बैंकको तुलनामा कर्पोरेट डेभलपमेन्ट बैंक, काबेली विकास, कर्णाली विकास बैंक र सहारा विकास बैंक केही कमजोर विकास बैंक देखिएका छन् ।

अघिल्लो वर्षको दोसा्रे त्रैयमासको तुलनामा दुई दर्जनभन्दा बढी विकास बैंकको नाफा उच्चदरले बढेको छ ।यद्यपि, यसअघि राम्रो प्रतिफल दिएका पँर्णिमा विकास, महालक्ष्मी विकास, देवः विकास बैंकतले भनेनाफा घटाएका छन् ।

उता जगेडा कोषमा पनि विकास बंैंकहरुको राम्रो स्थिति देखिएको छ ।दोस्रो त्रैयमासको वित्तीय विवरणअनुसार जगेडा कोषमा १ अर्बभन्दा माथि राख्ने लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंकलगायतका छन् । जसका कारण अर्को वर्ष शेयरधनीलाई राम्रो लाभांश वितरण गर्न मद्दत गर्दछ ।

निक्षेप संकलन र कर्जामा वाणिज्य बैंकहरुलाई टक्कर दिने स्थितिमा मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंकले ३८ अर्ब १३ करोड ८२ लाख रुपियाँ निक्षेप संकलन गरी ३२ अर्ब ९७ करोड रुपियाँ लगानी गरेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकले २८ अर्ब ८९ करोड ७६ लाख रुपियाँ निक्षेप संकलन गरी कर्जामा २५ अर्ब ३६ करोड ४८ लाख रुपियाँ लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्