पश्चिम भेगीय कलेजबीच स्र्पोट्स मिट सम्पन्न


काठमाडौं, (नेस)
पाँचौं पश्चिम भेगीय कलेजको स्र्पोट्स एन्ड एकेडेमिक मिट २०७५ को समापन कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।
विभिन्न ६ विधामा भएको खेलमा कलेज अफ सेन्ट्रल स्टेट, एडमार्क कलेज, ग्रिनफिल्ड कलेज, राइजिस्टार कलेज, जुविल्यान्ट कलेज, क्यापिटलहिल कलेज, क्याम्ब्रिज कलेज, सिद्धार्थ कलेज, काठमाडौं भ्याली कलेज, रेन्वो कलेज, काष्ठमण्डप कलेज, होलिभिजन र अरूणोदय लगायतका १२ वटा कलेजहरू सहभागी थिए।

फुटसलतर्फ सिद्धार्थ कलेज पहिलो, कलेज अफ सेन्ट्रल स्टेट दोस्रो र राइजिङ स्टार कलेजले तेस्रो स्थान प्राप्त गरे। भलिबलतर्फ ग्रिनफिल्ड कलेज पहिलो, जुबिल्यान्ट कलेज दोस्रो र सिद्धार्थ कलेज तेस्रो भएका थिए।बास्केटबलमा ग्रिनफिल्ड कलेज पहिलो, काठमाडौं भ्याली कलेज दोस्रो र होलिभिजन तेस्रो हुन सफल भएका थिए।

टग अफ वारमा छात्रातर्फ कलेज अफ सेन्ट्रल स्टेट पहिलो भयो भने एडमार्क कलेज दोस्रो र अरूणोदय तेस्रो हुन सफल भए। छात्रतर्फ काष्ठमण्डप पहिलो, एडमार्क दोस्रो र अरूणोदय तेस्रो भए।

वक्तृत्वकलामा, कलेज अफ सेन्ट्रल स्टेट कै छात्रा प्रथम र तेस्रो स्थान हुन सफल रहे भने दोस्रो स्थान जुबिल्यान्टले लियो। हाजिरी जवाफमा पनि कलेज अफ सेन्ट्रल स्टेटका छात्रहरू पहिलोे हुन सफल भए भने क्यापिटल हिल कलेज दोस्रो र अरूणोदय तेस्रो भए।
गुणस्तरीय शिक्षासँगै खेलकुद, कलेज सञ्चालकहरूबीच सहकार्य र शिक्षक कर्मचारीबीच सौहार्दता कायम राख्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न कलेजका क्याम्पस प्रमुख, सञ्चालक एवं प्रतियोगी विद्यार्थीको सहभागीता रहेको थियो। हिसानका केन्द्रीय उपाध्यक्ष डा। स्वागत श्रेष्ठलगायत हिसानका अन्य सदस्यहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विजयी विद्यार्थीलाई ट्रफी,मेडल थता प्रमाणपत्र वितरण सँगै वधाई तथा शुभकामना प्रदान गरिएको थियो। विभिन्न कलेजमा खेलाइएका सम्पूर्ण खेलहरू लिकचरणमा खेलाइएका थिए। समापन कार्यक्रम ग्रिन फिल्ड कलेजमा भएको थियो।