चेल्सी र आर्सेनल अन्तिम १६ मा


लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग क्लबहरू चेल्सी र आर्सेनलले यूईएफए यूरोपा लिगको अन्तिम १६ मा स्थान पक्का गरेका छन्।
बिहीबार राति भएको खेलमा चेल्सीले माल्मोलाई तथा आर्सेनलले बाटे बोरिसोभलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन्। घरेलु मैदानमा माल्मोलाई ३–० ले पराजित गर्दै चेल्सीले समग्रमा ५–१ को जित हात पारेको हो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको ५५ औं मिनेटमा ओलिभिएर जिरुडले चेल्सीको लागि गोलको खाता खोले। ७३औं मिनेटमा माल्मोका रास्मस बेङगस्टन दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि माल्मो १० खेलाडीमा सिमित भयो।

त्यसलगत्तै रस बार्कलीले फ्रि किकमा उत्कृष्ट गोल गर्दै चेल्सीलाई जित नजिक पु¥याए। ८४औं मिनेटमा क्यालम हड्सन ओडोइले अर्को गोल थप्दै चेल्सीको जित पक्का गरे। पहिलो लेगमा चेल्सी २–१ ले विजयी रहेको थियो।

यसैगरी पहिलो लेगको नतिजा उल्ट्याउँदै आर्सेनल यूरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। बाटे बोरिसोभको मैदानमा भएको पहिलो लेगमा बेहोरेको १–० को हारको नतिजालाई उल्ट्याए आर्सेनल अन्तिम १६ चरणमा प्रवेश गरेको हो। बिहीबार घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सेनलले बाटेलाई ३–० गोलअन्तरले हराउँदै समग्रमा ३–१ को जित दर्ता ग¥यो।

खेलको चौथो मिनेटमा नै आर्सेनलले अग्रता लिएको थियो। पिएर एमेरिक औबामेयाङको क्रसमार्फत् आएको बललाई बाटेका डिफेन्डर जाखार भोल्कोभले आफ्नै गोलपोस्टमा छिराएपछि आर्सेनलले गोलको खाता खोलेको थियो।

खेलको ३९ औं मिनेटमा आर्सेनलले अग्रता दोब्बर बनायो। ग्रानीट झाकाको कर्नरमा स्कोड्रान मुस्ताफिले हेडमार्फत दोस्रो गोल गरे। यस्तै खेलको ६० औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका सोक्राटिस पापास्थाथोपोउलोसले हेडमार्फत नै गोल गर्दै आर्सेनलको जित पक्का गरे।

यस्तै इटालियन क्लब नेपोलीले ज्युरिचलाई समग्रमा ५–१ ले हरायो। पहिलो लेग ३–१ ले जितेको नेपोली दोस्रो लेगमा २–० ले विजयी भयो। यस्तै स्पेनिस क्लब सेभियाले इटालियन क्लब लाजियोलाई दोस्रो लेगमा २–० ले पराजित गर्दै समग्रमा ३–० को जित हात पा¥यो।

यसैगरी स्पेनका भ्यालेन्सिया र भिया रियल, इटालीका इन्टर मिलान तथा जर्मनीबाट एनट्राट फ्रान्कफर्ट पनि अन्तिम १६ मा प्रवेश गरेका छन्। यस्तै वेनेफिका, डाइनामो जाग्रेग, डाइनामो किभ, क्रास्नोडर, रेन्स, साल्जवर्ग, जेनिथ पिटर्सवर्ग र सिल्भिया प्राग पनि प्रि क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।