श्रमशील फाइनलमा


काठमाडौं, (नेस)
श्रमशील विद्यापीठ र टाइमलाइन चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
श्रमशीलले एकलव्यलाई ३–१ गोलले पराजित ग¥यो। श्रमशीलका प्रकाश बस्नेतले ≈याट्रिक गरे। एकलव्यको गोल आत्माघाती थियो। एकलव्यका सन्देश न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित भए।
टाइमलाइनले विनायकलाई टाइब्रेकरमा ३–२ गोलले हरायो। निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट गरिएको थियो। विनायकका युवराज गोर्खाकाली ‘म्यान अफ द म्याच’ चुनिए।