टी बर्गर र लाहुरे फाइनलमा


काठमाडौं, (नेस)
टी बर्गर र एसएनकेसी लाहुरे प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा बर्गरले कीर्तिपुर भेट्रानलाई २–१ गोलले पराजित ग¥यो। बर्गरका ‘म्यान अफ द म्याच’ राजकुमार केसी र रविन व्यञ्जन्कारले गोल गरे। कीर्तिपुरका सुधिर महर्जनले गोल गरे। अर्को सेमिफाइनलमा लाहुरेले नमुना युथ क्लब, रूपन्देहीलाई सडनडेथमा हरायो। निर्धारित समयको खेल १–१ गोल बराबरीमा टुंगिएको थियो। लाहुरेका राजेन्द्र गौतम ‘म्यान अफ द म्याच’ चुनिए।