मोरङमा अन्तराष्ट्रिय स्तरको पार्क निर्माण हुँदै

0
Shares

मोरङ ।
प्रदेश नम्बरको १ मोरङ्गको भाउन्नेमा अन्तराष्ट्रिय कलाकारहरु द्वारा ३३ बिगाहा जग्गामा सिर्जना पार्क कलात्मक ढङ्गले निर्माण हुने कार्य धमाधम भइरहेको छ ।
६ देशका ३० जना मुर्तिकारहरुद्वारा फागुन ४ गते देखि मुर्ति निर्माण गर्ने कामलाई निरन्तरता दिइरहेका छन । सिर्जना पार्कलाई अन्तराष्ट्रिय स्तरको पार्क निर्माण गर्ने मुर्तिकारका संयोजक धनु याख्खाले बताए । यो नेपालको महत्वपुर्ण र गौरवशाली पार्क बन्ने छ भनेर दाबी समेत गरे याख्खाले ।

पार्क भित्रको मुर्तिहरु निर्माण गर्न भारत,बङ्गलादेश,पाकिस्तान,जर्मनी,ईटली,नेपाल लगायतका विभिन्न मुलुकका कलाकारहरुको सहभागितामा मुर्ति निर्माण कार्यशाला भइरहेको छ । सो कार्यशाला ३ हप्तासम्म चल्ने याख्खाले जानकारी गराए । उनका अनुसार सो निर्माणाधिन पार्क सिर्जना सामुदायिक वनको ३३ विगाहा क्षेत्रफलमा फैलिएको छ । ढुङ्गे पार्क निर्माण गरी देश तथा विदेशका पर्यटकलाई आकर्षित स्थानीय पर्यटन प्रर्वद्बनलाई जोड दिने आयोजकको भनाइ छ ।

याख्खाका अनुसार ुयो क्षेत्रमा विविध जातजातिको बसोबास रहेकोले सोही जातिलाई प्रतिनिधित्व गर्दै मुर्ति निर्माण गर्न लागिएको हो ।ु उनले भने,ुपर्यटकीय गन्तव्यको दृष्टिकोणले पनि यो ठाउँ एकदमै सुविद्यायुक्त रहेको छ ।ु उनका अनुसार राजमार्गको छेउमा छ हरबखत चारैतर्फ जाने यातायातका साधनहरु उपलब्ध हुन्छन ।