प्रभावकारी शिक्षण सहज बन्दै

0
Shares

नेपाल समाचारपत्र, स्याङ्जा
सहर बजारमा सञ्चालन हुने सेवा सुविधा सहितको मन्टेस्वरी कक्षा जस्तो देखिने झर्लक्क हेर्दा नीजि बोडिङ हो किजस्तो देखिने स्याङ्जाको वालिङ नगरपालिका वडा नं १० दाङसिया स्थित सयपत्री बालविकास केन्द्रले बालवालिकाहरुलाई १० वर्ष अगाडी देखि नमस्ते नेपालको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई निःशुल्क शिक्षण तथा खाजा व्यवस्थापन र शैक्षिक सामग्री तथा कर्मचारी समेत व्यवस्थापन गर्दै आएको छ ।

त्यती मात्रै होईन विद्यार्थीहरुका लागि चाहिने भवन, शौचालय, खानेपानी तथा खेल खेल्नका लागि चिप्लेटी पिङ लगायतका वस्तुहरु साथै उनीहरुका लागि आराम गर्न चाहिने विस्तारा तथा हात मुख पुछ्नका लागि चाहिने रुमाल एवं हात धुनका लागि साबुन ,खाजा खानका लागि चाहिने भाडा कुडा तथा चम्चा सम्म पनि सहयोग गरेको छ ।

अहिले त्यस बालविकास केन्द्रमा दाङसिया, चिदियार, बाजाकोटका गरि १८ जना बालबालिकाहरुले अध्ययन गर्ने गरेका छन । विहान ८ः३० बजेबाट कक्षा सुभारम्भ गरेर १ बजे सम्म सञ्चालन हुने र उनीहरुका लागि दैनिक रुपमा समय तालिका बनाएर बार अनुसारको खाजा खुवाउने गरेको कुरा शिक्षिका ललिता सारु मगरले जानकारी दिनु भयो । उहाँले भन्नु भयो बालवालिकाहरु संग रमाईलो गरि शिक्षण गर्न पाउदा खुशी लागेको छ ।

बालवालिका बाल सिकाई केन्द्रमा आउन रमाउने गरेको समेत उहाँले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ४÷५ वर्षका बालवालिका १८ जना भएको र दुई जना शिक्षिकाले उनीहरुलाई खाजा ,गृहकार्य तथा शिक्षण एवं खेलकुदमा समय व्यवस्थापन मिलाउन समस्या भएको बताउदै स्थानीय तहले शिक्षक व्यवस्थापन गरिदिए शैक्षिक व्यवस्थापनमा टेवा पुग्ने कुरा बताउनुभयो । बालविकास केन्द्रका अध्यक्ष क्याप्टेन झविलाल थापा मगरले भन्नु भयो ः हाम्रो गाउँमा विद्यालय नजिक नभएको र त्यसको व्यवस्थापनका लागि जर्मनी संस्था नमस्ते नेपालले २०६५ साल देखि निरन्तर सेवा गरेको र त्यहाँका विद्यार्थी पठनपाठन कार्यमा समेत अब्बल बन्दै गएका छन् ।

उहाँले भन्नु भयो हामीले यस्तो सहयोगी संस्था नमस्ते नेपाल पाएका छौ जसले गर्दा हाम्रा कलिला बालवालिकालाई पोषण स्वास्थ्य संगै प्रभावकारी शिक्षणमा आवश्यक सम्पूर्ण सहयोग भएको छ । मगरले बेलावेलामा वालविकास केन्द्रको अध्ययन अवलोकन गर्ने तथा आवश्यकीय वस्तु समेत नमस्ते नेपालले पठाउने गरेको कुरा बताउनु भयो । उहाँले भन्नु भयो अहिले गाउँमा बालवालिकाहरुलाई शैक्षिक व्यवस्थापनमा लगाउन पाउदा खुशी लागेको छ । गाउँबासी सवैको साथ र सहयोगले हामी अगाडी वढेको बताउदै भोलिका दिनमा पनि यसरी अगाडी वढ्ने कुरामा मगरको जोड थियो ।