ओलीको निधनमा अलग अलग शोक वक्तव्य

0
Shares

बुटवल, (नेस)
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधन भएको प्रति मुख्य मन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घतिले र नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले अलगअलग शोक वक्तव्य जारी गर्नुभएको छ ।
प्र्रदेशका मुख्य मन्त्री शंकर पोखरलले शुक्रबार शोक वक्तव्य जारी गरि दाङ जिल्ला क्षेत्र नम्बर ३ ख का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको असामयिक निधनले स्तब्ध गराएको उल्लेख्य गर्नु भएको छ ।
गत माघ २४ गते लमहीमा भएको सडक दुर्घटनामा परी गंभीर घाईते हुनु भएका उहाँको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । दुर्घटना पश्चात प्रारम्भिक उपचार कोहलपुर मेडिकल कलेजमा गरेपछि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । शुक्रवार बिहान ३ बजे उहाँको निधन भएको हो ।
सधैं परिवर्तनको पक्षमा दृढ,जनताको माझमा भिजेका ओलीको निधनले प्रदेशसभाले योग्य र कुशल सदस्य गुमाएको छ । परिवारजनले एक असल अभिभावक र दाङवासीले भरोसायोग्य नेता गुमाउनु परेको छ । नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा उहाँले पु¥याएको योगदानको हामी सधैं स्मरण गरिरहने छौं ।
तिनै जनाको शोक व्यक्तव्यमा स्वर्गीय ओलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गदै, शोकको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको उल्लेख छ ।