नक्कली बिहेमाथि कागजपत्र

0
Shares

आगामी चैत्र ८ गते अल नेपाल रिलिज हुने फिल्म कागजपत्र ट्रेलरमा आएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच यसको ट्रेलर सार्वजनिक गरिएको हो।

विदेश जाने लोभमा गरिने नक्कली काजगी बिहेका विषयमा बनाइएको फिल्मको ट्रेलरमा यसका मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई, आरजेस रेग्मीलगायतका कलाकारलाई देखाइएको छ।

कार्यक्रमा यसका मुख्य कलाकारमध्येका एक नाजिरले फिल्ममा आफँ जग्गा दलालको भँमिकामा रहेको बताए। त्यसै गरी फिल्मका निर्देशक अपिल विष्टले सामाजिक तथा कमेडी कथामा फिल्म निर्माण गरिएको बताए।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको निर्माण तथा किरण न्यौपाने र सरस्वती श्रेष्ठको सहनिर्माणमा बनेको फिल्म ईपी एजुकेसन अस्ट्रेलियाको प्रस्तुतिमा तयार भएको छ भने वल्र्डवाइड फिल्म्स् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण रहेको छ। फिल्ममा लेखन अपिल विष्टकै रहेको छ भने वसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्सनको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ।