एक क्लिकमा टीभीएस एनटर्क स्कुटर जित्ने अवसर

0
Shares

काठमाडौं (नेस)
टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रालिले भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स ब्रान्डको टीभीएसका कस्टुमाइज स्टिकर प्याकहरु सार्वजनिक गरेको छ ।

अडियन्सहरुले भाइवरमा रहेको ‘लभ एट् फस्ट राइड’ नामक स्टीकर डाउनलोड गरेर टीभीएस एनटर्क स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

दक्षिणपँर्वी एसिया भाइवरका विजनेस डेभलपमेन्ट प्रमुख अनुभव नायरले भन्नुभयो–‘हामी जगदम्बा मोटर्स् प्रालिसँग सहकार्य गरेर नेपालमा सञ्चार माध्यमबाट यस्तो योजना लागँ गर्न पाउँदा निकै खुशी छौं ।’

जगदम्बा मोटर्स् प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भन्नुभयो–‘हामी भाइवरसँग सहकार्य गरेर उपभोक्ताहरुलाई हाम्रो ब्राण्डमा डिजिटल्ली जोड्न पाउँदा निकै उत्साहित छौं । यस योजनामार्फत उपभोक्ताले मज्जा बढाउनुका साथै थप्रै रमाइला र आकर्षक एवम् ग्रान्ड उपहार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।’