उच्च भन्सारदरका कारण बंगलादेशसँगको निर्यात व्यापार अन्त्य हुने स्थितिमा

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
पँर्वका उद्योगी व्यवसायीहरुले बंगलादेशले नेपाली वस्तु तथा सामानमा लगाएको उच्च भन्सारदर कम गराउन सरकारले पहल गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा भएको अन्तत्र्रिmया कार्यक्रमका सहभागी उद्योगी, व्यवसायीहरुले नेपाली वस्तुमा बंगलादेशले लगाएको उच्च करका कारण बंगलादेशमा निर्यात व्यापार गर्न धेरै समस्या रहेको उनीहरुको गुनासो छ ।

उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालय, नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना समन्वय कार्यालय र मोरङ व्यापार संघको संयुक्त आयोजनामा बिहीबार विराटनगरमा आयोजित नेपाल–बंगलादेश व्यापारका अवसर र चुनौति विषयक अन्तत्र्रिmया कार्यक्रममा सहभागीहरु उद्योगी व्यवसायीले सरकारले व्यापारघाटा घटाउन लाग्नुपर्नेमा जोड दिएका हुन् ।
उनीहरुले बगलादेशसँग बढ्दै गएको व्यापार असन्तुलनमा सरकारले आँखा चिम्लिएको आभास भएको समेत गुनासो गरेका छन् । सरकारले उद्योगी व्यापारीलाई मारमा पार्ने काम गरिरहेको आरोपसमेत लगाएका छन् छ ।

सन् २०१४ सम्म बंगलादेशसँग नेपालको व्यापार सन्तुलनमा रहे पनि त्यसयता नेपालले एकतर्फी रुपमा चार गुणासम्मको व्यापारघाटा व्यहोरिरहेको उद्योगी, व्यवसायीले बताएका छन् । नेपालले बंगलादेशबाट उपभोग्य वस्तु आयात गर्दा भन्सार महशुल ३० प्रतिशत मात्र लिने गरेको छ । तर, नेपालबाट बंगलादेश निर्यात गर्दा बंगलादेशले १ सय १० प्रतिशत भन्सार महशुल लिने गरेकाले नेपालको बंगलादेशसँग व्यापारघाटा बढ्दै गएको उनीहरुको भनाइ छ ।

बगलादेशले लिने भन्सार महशुल १५ प्रतिशतमा कायम गर्नुपर्ने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताउनुभयो । उहाँले बैंकिङ प्रक्रिया पनि छिटो छरितो नरहेको भन्दै मालसामान दुई दिनमा पुग्ने तर बैंक डकुमेन्ट पुग्न पाँच दिन लाग्ने गरेको गुनासो गर्नुभयोे । नेपालबाट १ अर्बको वस्तु तथा सामग्री बंगलादेश निर्यात हुने गरेको छ भने बंगलादेशबाट ५ अर्बको सामान आयात हुने गरेको सारडाले जानकारी दिनुभयो ।

बंगलादेशसँग ४ अर्बको व्यापारघाटा छ उनले भने एक समय सन्तुलन रहेको व्यापार अहिले यो अवस्थामा आउँदा पनि सरकारले निर्यातलाई बढाउन गर्नुपर्ने पहल गर्न नसकेको उद्योगी व्यवसायीको गुनासो छ । गत आर्थिक वर्षमा बंगलादेशबाट १ अर्ब ५० करोडको जुस, ८० करोडको जुट, २२ करोडको आलु , मिल्क पाउडर, रेडिमेट कपडा तथा इलेक्ट्रोनिक सामानको आयात भएको छ भने नेपालबाट ९० प्रतिशत दाल,६ प्रतिशत चोकर, ४ प्रतिशत अदुवा, अलैंचीलगायतका वस्तु निर्यात भएका छन ।

प्रदेश नम्बर १ बाट बंगलादेशमा कृषिजन्य वस्तु, फलफँल, हरियो तरकारी, दाल, नगदे बाली एवं जडिबुटीको प्रवद्र्धन एवम् विकास गर्न सकिने,पर्यटनको प्रवल सम्भावना रहेको, विराटनगरदेखि बंगलादेशसम्म हवाई उडान र रेल्वे सुविधा सीधैं सुचारु गर्न सकिने भए पनि सरकारको अदँरदर्शिता तथा अपरिपक्वताका कारण व्यापारघाटा बढेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।

छलफल कार्यक्रममा नेपाल–बंगलादेश चेम्बर अफ कमर्स झापा धुलाबारीका अध्यक्ष पन्नालाल जैनले नेपालमा आयात सरलीकृत हुँदै गएको तर निर्यातको हकमा ल सरकारले कुनै ठोस कार्य नगरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश १ वन, पर्यटन तथा उद्योग मन्त्री जगदीश कुसियतले उद्योगीका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको भन्दै यस विषयलाई सरकारले गम्भीरताका साथ लिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालयका सहसचिव रवि शंकर सैंजुले बगलादेशसँग व्यापार बढाउन सरकारले थप पहल गरिरहेको बताउनुभयो ।

यस्तै राष्ट्रिय योजना आयोगका पँर्वसदस्य एवम् साउतीका अध्यक्ष डा. पोशराज पाण्डे, व्यापार तथा निकासी प्रवद्र्धन केन्दका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानलगायतले बंगलादेशसँगको व्यापार र भोलिको सम्भावनालाई आधार बनाएर सरकारले विद्यमान समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।