श्री स्टीलको उत्पादन शुरु

0
Shares

काठमाडौं, (नेस)
केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा श्री ब्रँन्डको टीएमटी स्टील उत्पादन शुरू भएको छ । प्रमाणित प्रविधिको प्रचुर प्रयोगले मजबुतीमा समर्पित श्री स्टील रुपन्देहीको भैरहवास्थित कारखानाबाट उत्पादन हुन्छ ।

कम्पनीका अनुसार यसमा प्रयुक्त स्टील एफई ५०० जापानी प्रविधिबाट स्वचालित प्लान्टमा उत्पादन हुने गर्दछ । नेपाल भँकम्पीय जोखिमका दृष्टिकोणले सम्वेदनशील क्षेत्रको रुपमा रहेको र विश्वमा सबैभन्दा बढी भँकम्प आइरहने देश जापानमा निर्मित यो प्रविधि पहिलोपटक श्री स्टील्स प्रालिले नेपाल भित्र्याएको छ । श्री स्टील उच्च गुणस्तरीय प्राइम बिलेटबाट बन्ने हुँदा यो अत्यन्तै भँकम्प प्रतिरोधी छ ।

यसका साथसाथै यसमा उच्च लचकता, उन्नत जोडाई, उत्कृष्ट बचत, उच्च शक्ति, अग्नि प्रतिरोधक क्षमता, उत्पादनमा भएको एकनासको तौल तथा लम्बाईको अनुपात एवम् विश्वको उच्चस्तरीय जापानी प्रविधि जस्ता प्रमुख ८ विशेषताहरु रहेका हुुँदा हरेक निर्माणलाई एकदम मजबुत र गुणस्तरीय बनाउँदछ । श्री स्टील्स प्रालिको प्रतिघण्टा उत्पादन क्षमता ४० टन रहेको छ भने दैनिक ८०० टन उत्पादन हुने गर्दछ ।