देशमा शासन ठेकेदारले चलाएका छन्: ऊर्जा मन्त्री

0
Shares

नेपाल समाचारपत्र, कैलाली
कैलालीको विद्युत् आपँर्तिलाई गुणस्तरीय बनाउन निर्माण गरिएका दुईवटा सबस्टेसन सञ्चालनमा आएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बुधबार हसुलिया ३३÷११ केभी र पहलमानपुर १३२÷३३÷११ केभी सबस्टेसनको उद्घाटन गर्नुभयो ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सुहलियतपँर्ण ऋणमा निर्माण भएका सबस्टेसनको काम निर्धारित समयमै सकिएको छ ।

सबस्टेसन सञ्चालनमा आएपछि लामो दँरी र ओभरलोडिङका कारणले पटक–पटक लाइन ट्रिप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण बत्ती, पंखा, मोटरलगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान भएको छ ।

कार्यक्रममा मन्त्री पुनले हरेक नेपालीको घरमा तीन वर्षमा विद्युत् पु¥याउने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रमा ठँला तथा मझौला उद्योग खुल्ने सम्भावना बढेको बताउनुभयो ।
विकास आयोजनाको निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले काम नगरिदिंँदा उनीहरुले नै मुलुकमा शासन गरिरहेको निश्कर्षमा आफँ पुगेको उहाँले बताउनुभयो ।

‘सरकारले विकासको योजना बनाएको छ, त्यसको कार्यान्वयनका लागि बजेटको पनि जोहो गरेको छ, ठेक्का पनि लगाएको छ, जति दबाब दिँदा पनि ठेकेदारले काम गर्दैनन् ।’ मन्त्री पुनले भन्नुभयो–‘सरकारले काम गरेर भनेर हामी भन्छौं ठेक्कापट्टाको यस्तो अवस्था देख्दा प्रधानमन्त्री, मन्त्रीले शासन चलाएका छैनन्, काम नगर्ने ठेकेदारले चलाएका छन्, उनीहरुले काम गरे मात्रै सफल हुने अवस्था सिर्जना भएको छ ।’

एउटै ठेकेदार कम्पनीले ७४ वटासम्म ठेक्का लिएको जानकारी दिंँदै मन्त्री पुनले लोभ गरेर ठेक्का लिने तर काम नगर्ने प्रवृति त्याग्न निर्माण व्यवसायी कम्पनीहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री पुनले सक्ने काम लिनुहोस् काममा ढिला नगर्नुहोस् यसले मुलुकको अर्थतन्त्रलाई प्रभावित पार्छ, सक्ने काम लिनुहोस्, समयमै सक्नुहोस् यसले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो ।

कार्यक्रममा ऊर्जा सचिव दिनेशकुमार घिमिरेले हरेक नेपालीलाई गुणस्तरीय विद्युत् सेवा पु¥याउन सरकारले काम गरिरहेको बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएपछि विद्युतको पहुँच र गुणस्तरमा बृद्धि हुने बताउनुभयो । विद्युत्को पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपँर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद गौरीशंकर चौधरीले सबस्टेसनको निर्माणपछि यस क्षेत्रमा रहेको विद्युतीकरण र भोल्टेजको समस्या समाधान भएको बताउनुभयो ।