धितोपत्र बोर्डका अध्यक्षको अभिव्यक्तिप्रति ब्रोकरहरूको आपत्ति

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र व्यवसायीका विषयमा दिएको अभिव्यक्तिप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले आपत्ति जनाएको छ ।

बिहीबार बोर्डमा ज्ञापनपत्र बुझाउँदै एसोसिएसनले कार्कीले व्यवसायी सक्षम तथा प्रतिस्पर्धी नभएको भन्ने भ्रमपँर्ण अभिव्यक्ति भन्दै भत्र्सना गरेको छ । गत मंगलबार संसदको अर्थ समितिमा भएको छलफल कार्यक्रममा अध्यक्ष डा. कार्कीले धितोपत्र दलाल व्यवसायीहरु सुशासित, सक्षम तथा प्रतिस्पर्धी नभएको भन्ने आरोप लगाएको एसोसिएसनले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले बनाएका नीति–नियमहरु बमोजिम धितोपत्र दलाल व्यवसायीले हालसम्म धितोपत्रको खरिद बिक्री गरिदिने र सोको राफसाफ गरिदिनेभन्दा बाहेकका अन्य कार्य गर्न नपाइने व्यवस्थाको अध्यक्ष डा. कार्कीलाई जानकारीसम्म नभएको हो की भन्ने उहाँको अभिव्यक्तिबाट महशुस भएको भन्दै ज्ञापनपत्र बुझाएको हो ।

बोर्डकै नियमन र अधिनमा रहेर काम गरिरहेको भन्दै, ‘धितोपत्र दलाल व्यवसायीहरु प्रतिस्पर्धी हुन सकेनन् भनेर अध्यक्ष कार्कीले सार्वभौम संसदको अर्थ समितिमा किन झुठो तथा भ्रमित ब्रिफिङ गर्नु भयो, हामी दुःखी तथा आश्चर्यचकित भएका छौं।’ ज्ञापनपत्रमा भनिएको छ ।

एसोसिएसनले अगाडि भनेको छ–‘अनलाइन कारोबार प्रणाली पँर्णरुपमा सञ्चालनमा आएको अवस्थामा घाटामा शाखा सञ्चालन गर्नुपर्ने बाध्यात्मक विद्यमान अव्यवहारिक नीतिनियममा आवश्यक सामान्य वस्तुगत परिमार्जनको सुझावसहित हाल ब्रोकरले मुलुकभरका २ सय ५० स्थानमा सेवा विस्तार गर्ने योजना पेश गरिसकेको अवस्थालाई नजरअन्दाज गरी छलफलमा नै नल्याई आरोपमा उत्रिनुको औचित्य अध्यक्ष कार्कीले पुष्टि पर्छ ।’

अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, ब्रोकर एजेन्टको माध्यमबाट धितोपत्रको दोस्रो बजारको पहुँच विस्तार नगरी व्यवसायीको संख्या वृद्धि गर्नमात्रै एकोहोरो रुपमा लाग्नुप्रति स्पष्ट गर्न समेत एसोसिएसनले माग गरेको छ ।

हाल सञ्चालनमा रहेका धितोपत्र ब्रोकरहरुको क्षमता नभएकै कारण बैंकलाई ब्रोकर लाइसेन्स दिनुपरेको अभिव्यक्तिको आधार अध्यक्ष कार्कीले दिनुपर्ने समेत एसोसिएसनले जनाएको छ ।