नागरिकता विधेयक अघि बढाउन माग

0
Shares

काठमाडौँ ।
नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्ने माग गरेको छ ।

सञ्जालका संयोजक दिप्ती गुरुङले नागरिकता विधेयक संसद्बाट पारित गर्न सबै पार्टीका सांसदहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयक पारित गर्नुपर्छ, र त्यसमा समावेश कतिपय प्रावधानलाई सच्याउनुपर्ने हाम्रो माग छ ।”

रिपोर्टर्स क्लब आज आयोजित पत्रकार सम्मेलनमा सञ्जालले अहिले पनि नागरिकताविहीन ठूलो सङ्ख्यामा रहेको उल्लेख गर्दै उनीहरु राष्ट्र निर्माणको अभियानमा सहभागी हुनबाट वञ्चित हुनु परेको गुनासो गरेको छ । संयोजक गुरुङले विभिन्न अध्ययन प्रतिवेदनअनुसार अहिले पनि ४६ लाख नेपालीले नागरिकता नपाएको सुनाउनुभयो । संसद्को राज्य व्यवस्था समितिमा सञ्जाललाई छलफलका लागि बोलाइएको जनाउँदै उहाँले यो समस्याको समाधान निकाल्न सबै सरोकारवालासँग नियमित परामर्श जारी राख्न समितिलाई सुझाव दिनुभयो ।
रासस