स्मार्ट छोरी’ अभियान सुरु

0
Shares

काठमाडौं(नेस)
दस हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बुधबार देखि स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरु माझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने अझै पनि घरका अधिकांश निर्णयहरु पुरुष सदस्यले मात्रै लिने गरेको पाइन्छ । साथै, हाम्रो देशमा पुरुषको तुलनामा महिलामा बेरोजगारीको समस्या धेरै छ । डिजिटल शीपको अभाव नै उनीहरुको क्यारियर अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

स्मार्ट छोरी खल्ती एप भित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो, जहा“ सहभागीहरुले सुचना तथा सञ्चार प्रविधीको सही सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन सुरक्षा र वित्तव्य व्यवस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५देखि३५ वर्ष उमेर समूहका नेपालीकिशोरी तथामहिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् ।

यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीपप्रदानगर्नेछ जसले गर्दा उनीहरु आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानीबिकास गर्न र आफ्नो समुदायमाउदाहरणिय व्यक्तित्वबन्न सक्नेछन् ।

अभियानको घोषणा गर्दै ‘खल्ती’कानिर्देशकतथा ’स्मार्ट छोरी’का संयोजकअमितअग्रवाल लेभन्नु भयो –‘हाम्रा छोरी र दिदीबहिनीहरुलाई इन्टरनेट प्रविधीको प्रयोग मार्फत मानिसको जीवन सरल परिवर्तनको संवाहकका रुपमा सहभागि गराउनआवश्यक छ । अनिमात्रै डिजिटल नेपालको सपना पूरा हुन सक्छ ।’