मालिका बचतको नयाँ सेवा केन्द्र

0
Shares

काठमाडौं(नेस)
श्री मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पहिलो विस्तारित सेवा केन्द्र स्थापना गरिएको छ ।राजधानीको सुन्धारास्थित जे. डि. ए. कम्प्लेक्समा बुधबार एक समारोहका बीच सहकारी संस्था विभागका निर्देशक नवराज ढकालले उद्घाटन गर्नुभयो ।

सो अवसरमा निर्देशक ढकालले राज्यको सहकारी ले ‘समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न सहकारीहरुले सिमान्त परिवार सम्म आफ्नो सेवाविस्तार गरी रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष जनक धामी, व्यापारी भवानीशङ्कर मिण्डा,सन्तोष खेताङ, रवीन्द्र अग्रवाल,सुरेन्द्र अग्रवाल, मनोजकुमार गुप्ता, लगायतले बोल्नुभएको थियो ।