नेपाल समाचारपत्र, डडेलधुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदँरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् आपँर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार अमरगढी नगरपालिका– १ दँधकाँडेमा निर्माण भएको १३२÷३३ केभी सबस्टेशनको उद्घाटन गर्नुभएको हो ।
सबस्टेसन सञ्चालनमा आएसंँगै सुदँरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणप्रणालीमा प्रवाह गराउन पँर्वाधार पनि तयार भएको छ । प्रधानमन्त्री ओलीले सबस्टेसनको निर्माणपछि सुदँरपश्चिमको विद्युत् आपँर्तिलाई नियमित र भरपर्दो बनाउने अत्यन्त महत्वपँर्ण भँमिका खेलेको बताउनुभयो । आफ्नो पहिलो कार्यकालमा सबस्टेसनको ठेक्का प्रक्रिया शुरु भएको उल्लेख गर्दै ओलीले ७५० मेगावाटको पश्चिम सेती आयोजना पनि आफ्नै कार्यकाल निर्माण शुरु गर्ने दाबी गर्नुभयो । ‘सुदँपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती मेरै कार्यकालमा निर्माण शुरु हुन्छ,’ उहाँले भन्नुभयो–‘विद्युत् नपुगेको क्षेत्रमा पनि व्यापक रुपमा विद्युतीकरण गर्ने छौं ।’
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सबस्टेसनको निर्माणले सुदँरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपँर्ण पँर्वाधार तयार गरेको बताउनुभयो । ‘यस क्षेत्रमा अध्ययन, निर्माणाधीन तथा निर्माणको चरणमा जान लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई वितरण गरी खपत गर्न नसकेकोलाई अन्य क्षेत्रमा लैजान सक्ने पँर्वाधार क्षमता तयार भएको छ’,उहाँले भन्नुभयो–‘पश्चिम सेतीलाई अगाडि बढाउन अहिले लगानी बोर्डमा छलफल भइरहेको छ, यस क्षेत्रका जनताको भावनालाई समेटेर पश्चिम सेती उपयुक्त लगानी मोडलमा तत्काल निर्माणमा लैजान ऊर्जा मन्त्रालय प्रतिबद्ध छ ।’
दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत् स्याउले सबस्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, बैतडी र अछाममा वितरण भइरहेको छ ।
यसअघि प्राधिकरणले चमेलियाको विद्युत् दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पु¥याई फेरि करिब एक सय किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपँर्ति गर्दै आएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सबस्टेसन सञ्चालनमा आएपछि सुदँपश्चिमका पहाडी जिल्लामा विद्युत् प्रवाहको गुणस्तरलाई पनि बढाएको बताउनुभयो ।
‘स्याउले सबस्टेशन निर्माण हुनुभन्दा पहिला अत्तरिया सबस्टेशनबाट पहाडी जिल्लामा एउटा ३३ केभीए फिडर मार्फत विद्युत् वितरण गरिन्थ्यो, जसले गर्दा कुनै एक ठाउँमा फल्ट भए पनि सबै जिल्ला अन्धकारमा बस्नुपर्ने बाध्यता थियो,’ घिसिङले भन्नुभयो । ‘स्याउले सबस्टेसनबाट विद्युत् आपँर्ति हुन थालेपछि यस्तो अवस्था हटेको छ, त्यस क्षेत्रको विद्युत् प्रवाहको गुणस्तर तथा विश्वसनियता पनि पहिलाभन्दा मजबुत भएको छ ।’ ३० मेगावाटको चमेलिया र नौगाड जलविद्युत केन्द्रबाट उत्पादन भएको करिब ३८ मेगावाट विद्युत्मध्येबाट स्याउले सबस्टेसनमार्फत डडेलधुरा, बैतडी, बझाङ, अछाम, डोटी र बाजुराका करिब १२ लाख जनतालाई नियमित र भरपर्दो विद्युत् आपँर्ति गरी बाँकी राष्ट्रिय प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो ।
सबस्टेशन अहिले आफ्नो क्षमताको करिब ३० प्रतिशत मात्रै संचालनमा भइरहेकाले सुदँरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा खुल्ने उद्योगलाई पर्याप्त मात्रामा विद्युत् आपँर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ ।
अत्तरिया–डडेलधुरा–दिपायल ३३ केभी प्रसारणलाइनमार्फत डडेलधुरा र डोटीको दिपायलमा भएका ३३÷११ केभीका सबस्टेसनमार्फत विद्युत्लाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो ।
प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दिपायल हुँदै अछामसम्म विद्युत् आपँर्ति गर्दै आएको छ । अब ती क्षेत्रमा चमेलियाको विद्युत् स्याउले सब स्टेसनमार्फत आपँर्ति हुनेछ ।
३३ केभी प्रसारणलाइन धेरै लामो हुँदा प्रसारण चुहावट बढी हुने र ‘भोल्टेज ड्रप’ हुने समस्या थियो । यी सबै समस्याको समाधान गर्न चमेलिया–अत्तरिया १३२ केभी प्रसारणलाइन मुनी पर्ने स्याउलेमा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा १३२÷३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३÷११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ ।
प्रसारणलाइनको निर्माणका लागि २०७२ पुस ८ मा इस्ट इन्डिया उद्योग÷वाइबा इन्फ्राटेक जेभीसँग ठेक्का सम्भौता भएको थियो । कम्पनीले २०७५ असार ८ मा निर्माण सकी सबस्टेसन सञ्चालनमा आएको थियो । सबस्टेसन कुल ४५ करोड रुपियाँमा निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।











प्रतिक्रिया