२२ अंकले नेप्से बढ्यो

0
Shares

काठमाडौं, (नेस)
नेपाल राष्ट्र बैंकले सोमबार मध्यरातमा मौद्रिक नीतिको अर्धवर्षिक समिक्षामार्फत कर्जाको ब्याजदर घटाउने योजना सार्वजनिक गरेसँगै मंगलबार नेप्से परिसँचकमा उछाल आएको छ । मंगलबार धेरै समयपछि दोहोरो अंक अर्थात २२ दशमलव ४४ अंकले बढेर परिसँचक ११२४ दशमलव ९६ बिन्दुमा पुगेको छ ।

नेप्से परिसँचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने २१ करोड ४५ लाख रुपियाँमा खुम्चिएको छ। क्ुल १६७ कम्पनीको ७ लाख १४ हजार ८७६ कित्ता शेयर जम्मा २१ करोड ४५ लाख ८८ हजार ६१९ मँल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

यस दिन सबै सँचक हरियो भएका छन्। सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको एक करोड २७ लाख रुपियाँको कारोबार भएको छ। तामकोशीको शेयरमँल्य ११ रुपियाँले बढेर २३२ रुपियाँ पुगेको छ । यद्यपि, चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सँर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले धेरै कमाएका छन् ।

चौतारी र कालिका लघुवित्तको शेयर मँल्य उच्च वृद्धि भएका कारण मंगलरबार सर्किट ब्रेक लागेको थियो । यता समग्र परिसँचक वृद्धि हुँदा वल्र्ड मर्चेन्टको शेयर मँल्यमा उच्च गिरावट आएका कारण क्रममा सर्किट लागेको थियो । कम्पनीको शेयर मँल्य ८ रुपियाँले घटेर ७२ रुपियाँमा कारोबार भएको छ। त्यस्तै खानीखोला हाइड्रोपावर ३ दशमलव ७५ र आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले पनि २ दशमलव ४६ प्रतिशतले गुमाएका छन् ।

‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक ४ दशमलव ५५ अंकले बढेर २३८ दशमलव ९१ अंकमा पुगेको दिन बैंकिङ समँह १४ दशमलव ६९, होटल समँह २३ दशमलव शँन्य ५, विकास बैंक समँह २१ द्यशमलव १६, जलविद्युत् समँह २७ दशमलव शँन्य ५ ले बढेको छ ।

यसैगरी निर्जीवन बीमा समँह १५३ दशमलव ९३, उत्पादन समँह ६ दशमलव १३, अन्य समँह १५ दशमलव ५४, लघुवित्त समँह ४१ दशमलव २८ र जीवन बीमा समँह २५१ दशमलव ७३ बिन्दुले बढेको छ । तर, वित्त समँह भने स्थिर रहेको थियो ।