ललितपुर र कर्णालीको विकासबारे छलफल

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
ललितपुर र कर्णालीको विकासमा सहकार्य गर्ने बारे मंगलबार छलफल भएको छ ।

ललितपुर उद्योग वाणिज्य संघको सभाकक्षमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र संघका अध्यक्ष कृष्णलाल महर्जनसहित उद्यमी व्यवसायीबीच छलफल भएको हो ।

मुख्यमन्त्री खगेन्द्र बस्नेतले पाटन दरबार क्षेत्रको अवलोकनले दुई पक्ष्ँबीच आपसी हित र सहकार्य गर्ने बारे छलफल गर्ने माहौल तयार भएको थियो । सो अवसरमा संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्ला सांस्कृतिक, धार्मिक र पर्यटकीय जिल्ला रहेको उल्लेख गर्दै भन्नुभयो–‘ललितपुरको प्रवद्र्धनमा कर्णालीको सहयोगको खाँचो छ । कर्णालीको विकासमा निजी क्षेत्रले सहकार्य गर्दै जाने वातावरण बनाउनुपर्छ ।’

नेपालबाट विदेशमा निर्यात हुने हस्तकलाजन्यमध्ये ८० प्रतिशत हस्तकला ललितपुरमा उत्पादित रहेको जनाउँदै भर्खरै क्राफट सिटी घोषणा गरिएको सन्दर्भ जोड्दै अध्यक्ष महर्जनले भन्नुभयो –‘यहाँको कला, संस्कृतिको प्रवद्र्धन गर्न कर्णालीको साथ, सहयोगको खाँचो छ ।’

संघका निर्वतमान अध्यक्ष सविन श्रेष्ठले निजी क्ष्ँेत्रले कर्णालीको विकासमा लगानी गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले संघले आउँदो चैतमा हुने ललित अन्तर्राष्ट्रिय व्यापार मेलामा कर्णालीमा उत्पादित हुने जडिबुडी बिक्री वितरण र प्रदर्शनका लागि राख्ने वातावरण मिलाउन मुख्यमन्त्री शाहीलाई आग्रह गर्नुभयो ।

महासचिव मनोजबहादुर न्याछ्याेंले आर्थिक समृद्धिको लागि प्रादेशिक अभ्यासलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उद्यमी व्यवसायीहरुले राखेको जिज्ञासा, धारणालाई सम्बोधन गर्दै सयौं वर्षदेखि ललितपुर कलाको शहर रहेको उल्लेख गर्दै यहाँको संस्कृति,नेपाल भाषा, उत्पादित हस्तकलाजन्य सामग्रीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । कर्णालीको सभ्यता, संस्कृति हराउँदै गएको, त्यहाँ उत्पादित सामग्री विस्थापित हुँदै गएको सन्दर्भ जोड्दै त्यसलाई संरक्षण गर्नुपर्ने पनि मुख्यमन्त्री शाहीको जोड रहेको छ ।

कर्णालीको संस्कृति, चामल, पशुपालन, तरकारी, लुगा समेत भारतबाट आयात गर्ने अवस्था आएको बताउँदै निजी क्ष्ँेत्रले स्वदेशको, आफ्नै जिल्लालाई उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ रहेको छ।

उपत्यकाको नेवाः सभ्यता, संस्कृति, रैथाने ज्ञान, सीप, पुस्तौदेखि गर्दै आएको पेशा बचाउनुपर्ने पनि मुख्यमन्त्री शाहीको जोड रहेको छ । सो अवसरमा प्रदेशको एक वर्षसम्मको अभ्यास, संघीयता कार्यान्वयन र समृद्धिबारे अनौपचारिक छलफल भएको थियो ।

यसअघि दरबार क्षेत्रको अवलोकन गर्दै मुख्यमन्त्री शाहीले संघले पुनर्निर्माण गर्न लागेको भिमसेन मन्दिरबारे जिज्ञासा राख्नुभयो । संघको अगुवाईमा भिमसेन मन्दिर पुनर्निर्माण हुनु सह्रानीय र प्रेरणादायी रहेको पनि मुख्यमन्त्री शाहीको प्रतिक्रिया रहेको छ ।