नेपाली चेलीको उत्कृष्ट प्रदर्शन, नेपालसँग मलेसिया पराजित


काठमाडौं । आईसीसी टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ। थाइलाइण्डको तेर्दथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ३४ रनले हरायो। टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२६ रन बनायो। नेपालका लागि ओपनर काजल श्रेष्ठले १६ रन बनाउँदा सीता रानामगरले ४२ रनको योगदान गरिन्। उनले ४० बल खेल्दै दुई चौका प्रहार गरिन्।

त्यस्तै इन्दु बर्माले १६ रन बनाउँदा रुबिना क्षेत्रीले नटआउट ३३ रन बनाइन। जवाफी व्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो। महिला विश्वकपको एसिया छनोटमा नेपालसहित चीन, कुबेत, थाइल्याण्ड, चीन र हङकङ छन्। नेपालले अर्को खेल फेब्रुअरी २१ मा आयोजक थाइल्याण्डसँग खेल्ने छ।