पल र आँचलको घरबार

0
Shares

नवगायक कृष्ण कार्की र बिन्दु परियारको स्वरमा घरबारमा बोलको गीत सार्वजनिक भएको छ। केही वर्षयता गायनसम्बन्धी विभिन्न प्रशिक्षण लिइरहेका कृष्णको डेब्यु गीतमा आप जोडी अर्थात् पल शाह र आँचल शर्मा फिचर्ड छन्।


गीतको म्युजिक भिडियोमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाइएको छ। गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ।
‘गीतलाई युवा पुस्ताले मन पराउनुहुन्छ भन्नेमा विश्वत छुु’, डेब्यु गायक कृष्ण भन्छन्– ‘मेरो सपना आजबाट साकार भएको छ, आश छ मैले देखेको सपनाको पथमा म सही छु।’ कृष्णले आफ्नै क्षमताले यहाँसम्म आएको बताए। गीतलाई राजीव समरले कोरियोग्राफी गरेका छन्, जसलाई रामकुमार केसीले छायांकन गरेका छन् भने निर्देशनसँगै सम्पादन टेकेन्द्र शाहले गरेका छन्।