ज्योतिले तताइन् महोत्सव

0
Shares

विमल विष्ट, डोटी
चर्चित गायिका तथा हट डान्सर ज्योति मगरले दिपायलको पिपल्लामा जारी सुदँरपश्चिम प्रादेशिक महोत्सवमा गीत तथा डान्स गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिएकी छन्। हट डान्सरका रूपले चर्चित गायिका ज्योतिले महोत्सवमा आएका युवा–युवती, महिला तथा वृद्धलाई समेत नचाएकी थिइन्।

ज्योति मगरले स्टेजमा गएर गीत गाउन शुरू भएपछि महोत्सव अवलोकन गर्न आएकाहरू एकाएक रमाएका थिए। ज्योतिका गीतभन्दा पनि उनको अभिनय तथा ड्रेसअपका कारण दर्शक अरू दिनभन्दा पनि बढी ओहिरिएका थिए। ज्योतिका गीत सुन्न तथा डान्स हेर्न जिल्लाका प्रमुखदेखि सामान्यस्तरका मानिससमेत महोत्सवमा पुगेका थिए। जति–जति मानिसको भीड लाग्न थाल्यो, त्यति नै ज्योति मगरले दर्शक लोभ्याउने खालका गीत गाउनुका साथै डान्ससमेत गरिदिइन्।

ज्योतिको डान्स हेर्न तथा गीत सुन्न आएका दर्शकको भीड नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हम्मे–हम्मे परेको थियो। डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, प्रहरी प्रमुख विद्यानन्द माझी तथा राष्ट्रिय अनुसन्धानका डोटी प्रमुख गोविन्द पाण्डेलगायत ज्योतिका गीत र डान्स स्टेजमै गएर निकै रोचकपँर्वक अवलोकन र श्रवण गरेका थिए।

ज्योतिका उखान टुक्का सुनेर प्रमुख जिल्ला अधिकारी सुवेदी बेला–बेलामा मुसुमुसु मुस्कुराइरहेका थिए भने अन्य दर्शक उफ्री–उफ्री नाचिरहेका थिए। आयोजक संस्थाका अनुसार शनिबार मात्रै हजारौं दर्शकले महोत्सव अवलोकन गरेका थिए। माहोल तताउन ज्योतिले आफ्ना पुराना तथा नयाँ गीतका साथै ¥याप र गजलसमेत प्रस्तुत गरेकी थिइन्। त्यस्तै अर्का गायक तथा हास्य कलाकार मनीष खड्काले पनि आफ्ना प्रस्तुति देखाएर दर्शकलाई निकै रमाइलो गराएका थिए।

आयोजक संस्था डोटी उद्योग वाणिज्य संघले महोत्सवमा चर्चित गायक र कलाकार भिœयाउन थालेपछि अहिले महोत्सव अवलोकन गर्न आउने दर्शकको भीड थपिँदै जान थालेको छ। महोत्सवको अवलोकन गर्न स्थानीयको भीड बढ्न थालेसँगै यहाँको व्यापार व्यवसाय पनि फस्टाउन थालेको स्थानीय व्यापारी खेम विष्टले बताए। महोत्सव आज मंगलबारसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले जानकारी गराए।