गायक श्रेष्ठ अभिनन्दित

0
Shares

लोकप्रिय गायक दीप श्रेष्ठलाई धरानमा अभिनन्दन गरिएको छ। संगीत क्षेत्रमा बिताएको ५०औं वार्षिकोत्सवका अवसरमा उनलाई अभिनन्दन गरिएको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित दशहरा हलमा आयोजित कार्यक्रममा प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले उनलाई अभिनन्दनपत्र, नेपाली ढाका टोपी र दोसल्ला पहि¥याएर अभिनन्दन गरे।

प्रदेशका सभामुख प्रदीप भण्डारी, धरान उप–महानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीलगायतले पनि गायक श्रेष्ठलाई फँल, माला र खादा लगाएर अभिनन्दन गरेका थिए। अभिनन्दनपछि बोल्दै मुख्यमन्त्री राईले अहिलेसम्म राज्यले दीप श्रेष्ठ जस्ता कलाकारको पहिचान र कदर गर्न नसकेको टिप्पणी गर्दै भने– ‘दीप श्रेष्ठले धरान र प्रदेशको मात्र नभई देशकै इज्जत राख्नुभएको छ। बल्ल अब देशले एउटा सकारात्मक बाटो लिएको छ र समृद्धिको बाटोमा पुगेको छ। हिमाल, पहाड र तराईको सहिष्णुता जोड्ने दीप श्रेष्ठजस्ता व्यक्तित्वहरूको सम्मान आवस्यक छ।’ उनले आगामी फागुन अन्तिममा प्रदेश नं। १ को धरानमा आयोजना हुने ऐतिहासिक फिल्म महोत्सवमा प्रदेश सरकारले पनि सम्मान गर्ने बताए।


नेपाल क्लब हङकङको आयोजना, सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापन र धरान उप–महानगरपालिकाको विशेष सहयोगमा सम्पन्न अभिनन्दन कार्यक्रममा धरानका संगीत, व्यवसाय, राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तित्वमाझ अभिनन्दित गायक श्रेष्ठले आफ्ना सार्थक र प्रेमिल गीतहरू म पत्थरको देउता होइन, भन्थिन् मेरी उनी, हुँ यात्री म एउटा, कति कमजोर रहेछ भाग्य, जति हासौं भन्छु, मुटुको ढोका, मेरो आँखामा, हर रात सपनीमा, मेरो सपनाको सहारा, साइली बरी चिया बारीमा, म त दँरदेखि आएँ, बितेका कुराले जस्ता गीत गाएर दर्शकलाई मोहित तुल्याएका थिए। गायक श्रेष्ठलाई उनकै श्रीमती गायिका सोफिया गुरुङ श्रेष्ठ र अर्की गायिका तायाहाङमा राईले गायनमा साथ दिएका थिए। ‘आफ्नै घर–आँगनमा सम्मानित हुन पाउँदा सबैभन्दा धेरै खुसी लाग्दोरहेछ।’ –आफँ जन्मे–हुर्केको ठाउँमा अभिनन्दित हुँदा गायक श्रेष्ठले खुसी व्यक्त गर्दै भने।

२०२५ साल पुस १ गते धरानबाट नाटक लिएर गएको टोलीमा रहेका दीपले तत्कालीन राजा महेन्द्रका अगाडि म पत्थरको देउता होइन गीत गाएपछि त्यसको भोलिपल्टै रेडियो नेपालमा उनका दुई गीत रेकर्ड भएका थिए। त्यसपछि उनी निरन्तर संगीत क्षेत्रका सक्रिय छन्। संगीत यात्राको ५० वर्ष पुगेको अवसरमा गत महिना उनले हङकङमा प्रस्तुति दिएका थिए।

सोही कार्यक्रममा आयोजकको तर्फबाट कार्यक्रमका सभापति तथा हङकङ नेपाली महासंघका पँर्वअध्यक्ष प्रदीप थापाले धरानमा निर्माण भएको आसरा सुधार केन्द्रका लागि १ लाख रुपियाँ प्रदान गरेका थिए। गायक श्रेष्ठको अभिनन्दको अवसरमा शनिबार बिहान धरानमा अभिनन्दन पदयात्रा पनि गरिएको थियो। धरान संगीत प्रतिष्ठान र सेवक अभियानले संयोजन गरेको अभिनन्दन पदयात्रामा गायक श्रेष्ठका दम्पतीलाई खादा र मालाले सम्मान गरी नगर परिक्रमा गराइएको थियो। प्रदेश सांसद सावित्री श्रेष्ठसहित धरानका संगीतकर्मी, पदयात्रीसहितको टोलीले गायक श्रेष्ठका गीत घन्काउँदै धरानको पुतलीलाइन, भानुचोक, महेन्द्रपथ, छाताचोक हुँदै सिंहदेवीचोकसम्म परिक्रमा गराइएको थियो।