रामेछाप, (नेस)
रामेछापमा सधै सुनिरहने र सबैको मुखमा जतिबेला पनि आइरहने नाम हो कान्छाराम । यो नाम आउँछत जिल्लामा कही अफ्टेरो वा केही बिपत्तमा प¥यो भने । रामेछाप जिल्लाको विकास निर्माण देखि ठुलठुला विपत्त आउँदा समेत यो नाम आइरहनुको कारण हो व्यक्तिगत रुपमा सहयोग गर्नु ।
जिल्लामा कुनै मान्छे दुर्घटनामा पर्दा हेलिकप्टरबाट उद्धार गर्ने देखि लिएर निशुल्क रुपमा एम्बुलेन्स वितरण गर्ने जस्ता काम गरेर रामेछाप जिल्लामा समाजसेवीको रुपमा परिचित कान्छाराम (पुर्णबहादुर) तामाङले तिल्पुङमा निर्मित मन्दिरलाई तीन लाख एक हजार सहयोग गरेर फेरी एक पटक स्थानीयको मन जितेका छन् ।
गत निर्वाचनमा प्रतिनिधिसभाको लागि काग्रेसबाट उम्मेदारी दिएर केही मतले पराजित भएका तामाङले लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ्मा निर्माण गरिएको पन्चकन्य देबि मन्दिरलाई सहयोग स्वरुप उक्त रकम आइतबार एक कार्यक्रमका बीच हस्तन्त्ररण गरेका हुन् । तामाङले रामेछापका विभिन्न ठाउँहरुमा सडक निर्माणको लागि निशुल्क रुपमा डोजर समेत उपलब्ध गराउँदै आएका छन् ।
आफु बुद्ध धर्म मान्ने भए पनि सबै धर्म बराबरी भएकाले सबै धर्मको संरक्षण गर्नको लागि आफू लागी परेको उनले बताए । निर्वाचन ताका जनताको घरमा जाँदा आफुले धेरै काम गर्छु भनेको र सोही अनुसार काम गरीरहेको समेत उनले बताए ।











प्रतिक्रिया