नेपाल समाचारपत्र, राजविराज
नेकपाका सचिवालय सदस्य तथा उपप्रधान एवम् रक्षा मन्त्री इश्वर पोखरेलले नेतृत्वको केन्द्रिकृत मानसिकताले पार्टीको स्थानीय संरचना एक हुन नसकेको वताएका छन् ।
नेपाली सेना र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा सप्तरी समदरमुकाम राजविराजनमा सञ्चालित ‘वृहत स्वास्थ्य शिविर’ को अवलोकन गर्न सोमवार सप्तरी आएका मन्त्री पोखरेलले कार्यकर्ताहरुलाई सम्वोधन गर्दै यस्तो वताएका हुन् ।
नेकपा एमाले र एकिकृत माओवादीको एकिकरणपछि पार्टी ठुलो भएपछि प्रदेशभन्दा मुनिका संरचना तयार नहुँदा नेता÷कार्यकर्तामा नैरास्यता देखिएको वताएका उनले अव चाँडै नै समास्या समाधान गर्नुपर्ने वताए । ‘स्थानीय नेता÷कार्यकर्तालाई जिम्मेवारी दिएको भए, पहिलै संगठन एक हुन्थ्यो’ उनले भने–‘हरेक निर्णय केन्द्रिकृत गर्ने मानसिक्ता र हिसाव–किताव गरेर वट्वारा गर्न खोज्दा ढिलाई चाहि भएकै हो ।’
पार्टी एकतालाई शंकाको नजरले नहेर्न पनि उनले कार्यकर्तालाई आग्रह गरे । एमाले–माओवादी एकता लहडको भरमा नभई जनता र कार्यकर्ताको चाहना तथा मुलुकको आवश्यक्ताका आधारमा भएको उनको तर्क छ । एकता प्रकृयावाट फर्कन खोजे दुर्घटना हुने चेतावनी समेत पोखरेलले दिए ।
पोखरेलले सरकारको काम देखेर विरोधीहरु आत्तिएको पनि वताए । संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्म दुई तिहाईको कम्युनिष्ट सरकार देखेर देशी÷विदेशी शक्ति तथा देशमै पनि सरकार विरोधीहरु आत्तिएको उनको वुझाई छ ।
विरोधीहरु छट्पटाए पनि तत्कालिन एमाले र माओवादीले चुनावताका जारी गरेको संयुक्त घोषणा पत्र सरकारले लागु गरेरै छोडने दावी गरे ।











प्रतिक्रिया