नेपाल समाचारपत्र, काठमाडौँ ।
पुर्व राजा ज्ञानेन्द्र शाहले सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन नसक्ने बताउनुभएको छ । उहाँले ६०औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जारी गर्नु भएको शुभकामना सन्देशमा यस्तो बताउनुभएको हो ।
पूर्व राजा शाहले जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र भएको उल्लेख गर्दै हाम्रा जिजूबूवा राष्ट्रपिता त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गराउनुभएको छ । उहाँले देश दर्शनको क्रममा आफूले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा भभएको सोत उल्लेख गर्नुभएको छ ।
उहाँले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको र यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको बताउनुभएको छ ।
उहाँले नेपालको भु राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हाम्रो परराष्ट्र तथा मैत्री सम्बन्धलाई सूमधूर बनाई हामी अघि बढ्नुपर्ने बताउनुभएको छ ।











प्रतिक्रिया