ब्रमास्मी एसईई कप हुने

0
Shares

काठमाडौं, (नेस)
नेक्सस क्रिकेट एकेडेमीले यसै वर्ष एसईई दिने खेलाडीहरुलाई लक्षित गर्दै ट्यालेन्टहन्टबाट खेलाडी छनोट गरी “ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता”आयोजना गर्ने भएको छ । आयोजक नेक्ससले सोमबार प्रतियोगिता बैशाखको अन्तिम साता काठमाडौंमा हुने जानकारी गराएको हो ।

प्रतियोतिाको लागि ब्रमास्मी कलेजसँग मुख्य प्रायोजन सम्झौता भएको छ । सम्झौतामा नेक्सका अध्यक्ष भरतकुमार शाही र ब्रमास्मीका निर्देशक सुनन्दा रेग्मीले हस्ताक्षर गरे । सम्झौतापछि ब्रमास्मीले ७ लाख ५० हजार रूपैया उपलब्ध गराउनेछ । यस्तै ब्रमास्मीले ट्यालेन्ट हन्टमा सहभागी सबै खेलाडीलाई पुर्ण देखि आंशिक छात्रवृत्तिउपलब्ध गराउने छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने अध्यक्ष शाहीले जानकारी गराए । उनले प्रतियोगितामा क्षमताको आधारमा धेरै भन्दा धेरै खेलाडीको सहभागिता होस भन्ने उद्देश्यले देशभरको ११ प्रमुख शहरमा ट्यालेन्ट हन्ट आयोजना गर्ने छ । ट्यालेन्ट हन्ट चैत २२ गतेबाट बैशाख १६ गते सम्म सञ्चालन हुनेछ ।

ट्यालेन्ट हन्ट धनगढी, कोहलपुर, सुर्खेत, दाङ, बुटवल, पोखरा, चितवन, कलैया, विराटनगर, बिर्तामोड र काठमाडौंमा सञ्चलान हुनेछ । ट्यालेन्ट हन्टबाट हरेक छनोट केन्द्रबाट ५ देखि ७ खेलाडी छनोट हुनेछ । हरेक छनौट केन्द्रकाप्रमुखको संयोजकमा स्थानिय प्रशिक्षक एक जना र एक जना नेक्ससको प्रतिनिधिसहित ३ सदस्यीय छनौट समिति हुनेछ ।

प्रतियोगितामाउत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडी छनोट गरी श्रीलंकाको सिरिजमा सहभागिता गराईने आयोजकले जनाएको छ । उत्कृष्ट १४ खेलाडीलाई ब्रमास्मीले निशुल्क छात्रवृत्तिमा अध्यययन गर्ने व्यवस्था गराउनेछ ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र म्यान अफ दिसिरिज हुनेले नेक्सस क्रिकेट एकेडमीको दिल्ली सेन्टरमा १ वर्षसम्म निशुल्क प्रशिक्षणको ब्यबस्था गरिने आयोजकले जनाएको छ । अन्य१० उत्कृष्ट खेलाडीलाई नेक्ससमा ६ महिनानिशुल्क प्रशिक्षणको व्यवस्था गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानितलाग २५ लाख रूपैया रहेको छ । प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।