राष्ट्रिय ऊर्जा दक्षता रणनीति सार्वजनिक

0
Shares

काठमाडौं, (नेस)
ऊर्जा खपत घनत्व घटाई उत्पादकत्व बढाएर आर्थिक वृद्धिमा टेवा पु¥याउने, यसबाट वातावरण सन्तुलन कायम गरी स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने उद्देश्यसहित सरकारले राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ ल्याएको छ । गत मंसिर ३ गतेको मन्त्रिपरिषद्बाट पारित रणनीतिलाई सोमबार सार्वजनिक गरिएको हो ।

रणनीतिमा सन् २०१५ सम्म रहेको ऊर्जा दक्षताको प्रतिवर्ष शँन्य दशमलव ८४ प्रतिशतलाई औसतदर दोब्बर गरी २०३० सम्म प्रतिवर्ष १ दशमलव ६८ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।

रणनीतिमा उपभोक्ता तहदेखि नीति निर्माण तहसम्म ऊर्जा दक्षता सम्बन्धमा जनचेतना जगाउने, आवश्यक स्रोतको व्यवस्थापन र परिचालन, पँर्वाधार निर्माण र जनशक्ति विकासका लागि नीतिगत, कानुनी र संस्थागत संरचनाको निर्माण गर्ने, ऊर्जा दक्षताको स्थापित अन्तर्राष्ट्रिय र क्षेत्रीय मापदण्डको आधारमा राष्ट्रिय मापदण्ड र स्तर निर्धारण गर्ने कुरामा जोड दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन सहयोग नियोग (जीआईजेड) को आयोजनामा उक्त कार्यक्रम भएको थियो ।