सिटी एक्सप्रेसको सेवा अब युकेमा पनि

0
Shares

काठमाडौं, (नेस)
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि शुरु भएको छ। यो सेवा शुरु भएलगत्तै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजारभन्दा बढी एजेन्टमार्फत सीधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकमजम्मागर्न सकिने भएको छ ।सिटी एक्सप्रेस मनी ट्रान्सफर,युकेबाट भालापे मोबाइल एप्स् र इन्टरनेट बैंकिङ्मार्फत पनि कारोबार गर्न सकिने छ ।

उक्त सेवासम्बन्धी हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेको तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङले हस्ताक्षर गर्नुभएको थियो। सिटी एक्सप्रेस नेपालले विगत १२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।