अर्थिक वृद्धिदर साढे छ प्रतिशत हुने आँकलन

0
Shares

काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आन्तरिक उत्पादकत्वमा सुधार ल्याउदै नेपालको अर्थ व्यवस्थालाई सुधार गर्न सुझाव दिएको छ ।
नेपालको पँवार्धार गुणस्तरीय नभएको समेत औलाउँदै पँवार्धारमा गुणस्तरीय लगानी गर्न पनि सरकारलाई सुझाव दिएको छ।

कोषको ‘आर्टिकल फोर’ मिसनले नेपाल भ्रमण गरेपछि सोमबार सार्वजनिक गरेको प्रतिवेदनले दीर्घकालीन दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि सरकारले दैवी प्रकोप रोकथाम तथा पँर्वतयारीलाई बलियो बनाउनका लागि सरकारले प्रभावकारी नीति अवलम्वन गर्नुपर्ने बताएको छ । अर्थतन्त्रमा सामान्य परिवर्तन भए पनि वित्तीय क्षेत्रमा जोखिम बढदै गएको प्रतिवेदनमा औंल्याएको छ ।

सन् २०१८÷१९ को अर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत पुग्ने अपेक्षा आईएमएफले जनाएको छ । पुनर्निर्माण, जलविद्युत् आयोजनामा लगानी तथा पर्यटनका कारण यो वद्धि हात पार्न सकिने देखिएको हो । तर, विस्तारमुखी वित्तीय तथा कर्जा नीतिका कारण गैरखाद्य मँल्यवृद्धि, चालु खाता घाटामा वृद्धि, विदेशी मुद्रा सञ्चितिमा कमीहुने जस्ता समस्या औंल्याएको छ ।