शिवम् सिमेन्टस्को शेयर खुल्यो

0
Shares

काठमाडौं, (नेस)
शिवम् सिमेन्टस् लिमिटेडकोे साधारण शेयर आजदेखि बिक्री खुल्ला भएको छ । प्रतिशेयर सय रुपियाँ अंकित दरमा प्रिमियम वापत दुई सय रुपियाँ थप गरी प्रतिशेयर तीन सय रुपियाँका दरले ४१ लख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणका निम्ति बिक्री खुल्ला गरिएको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रिमियमसहित शेयर निष्काशन मँल्य २ सय रुपियाँ तोकिएको हुँदा यसअघि तीन सय रुपियाँमा ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियोे ।

तर, २ लाख २४० कित्ताको मात्रै आवेदन परेको र सोलाई बाँडफाँड गरिएकोमा हाल तोकिएको निष्काशन मँल्य बमोजिम बाँडफाँड भएका शेयरधनीलाई कुल १ लाख १२० कित्ता शेयर थप प्रदान गरिने र बाँकी रहेको ५ लाख ७९ हजार ६४० कित्ता शेयर दुई सय रुपियाँमा आवेदन गर्न चाहने स्थानीयलाई पुनः थप वा नयाँ आवेदन गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुक उद्योग प्रभावित क्षेत्र मकवानपुर जिल्लाका सम्पँर्ण बासिन्दाहरुले समेत निष्काशन खुल्ला अवधिमा तोकिए बमोजिम आवेदन गर्न सक्नेछन् ।

कम्पनीको शेयर न्यँनतम ५० कित्ता तथा अधिकतम सम्पँर्ण कित्ताका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्वा प्रणालीमार्फत आवेदन गर्न सकिने छ ।
उक्त शेयर सिद्धार्थ क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धन तथा एनआईबीएलएस क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड प्रत्याभँतिकर्ता रहेका छन् ।