काँग्रेसका नेताहरुले भनेः गुटले पार्टी सिद्धिन लाग्यो

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जको आर्दशनगरमा नेपाली काँग्रेसले शनिबार एक कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरु सहभागी भए । उनीहरुले नेपाली काङ्ग्रेस भित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको काङ्ग्रेसका नेताहरुले धारणा व्यक्त गरे। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले वीरगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले पार्टीभित्रको गुट–उपगुटलाई समाप्त नपारे सङ्घीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको विचार व्यक्त गरेका हुन् ।

जीपी फाउण्डेशन पर्साको कार्यालय उद्घाटन तथा फोटो प्रदर्शनी कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीभित्रको गुट–उपगुटले काङ्ग्रेसलाई कमजोर बनाएकाले जनताका मुद्दामा सङ्घर्ष गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा जीपी फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले स्व. गिरिजाप्रसाद कोइरालाले राखेको संसद् पुनस्र्थापनाको जगले नै राष्ट्रलाई निकास दिएको तथ्यलाई कसैले पनि बिर्सिन नहुने चर्चा गरे ।

उनले जिपी कोइराला फाउण्डेशनले देशभरि सामाजिक कार्य मात्र गर्ने जानकारी दिए । जीपी कोइराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेसका नेताहरुभित्र अहिले नैतिकता र संस्कारको कमी भएको धारणा व्यक्त गरे। कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अफताब आलम, अजयकुमार चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायतका वक्ताले मुलुकमा बढ्दै गएको महँगी, हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारले नेपाली जनता मारमा परे पनि सरकारले केही नगरेको आरोप लगाउनुभयो ।

यही अवसरमा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पाँच जना व्यक्तिलाई महामन्त्री डा. कोइरालाले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । स्व। गिरिजाप्रसाद कोइरालाको जीवनका महत्वपूर्ण घटनालाई दर्शाउने तस्बीरहरुलाई कार्यक्रममा प्रदर्शित गरिएको थियो ।