पहुँचवालाहरुले बिचौलिया बचाउन धम्कि दियोः अभियन्ता दुनुवार

0
Shares

सुम्निमा काफ्ले, काठमाडौँ ।
महिला बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दुनुवारले मानव बेचविखनविरुद्वको अभियानमा लाग्दा राजनितिक दलका नेतासहित पहूँचवाला व्याक्तिहरुले सहयोग नगरेको बताउनुभएको छ ।

उहाँले राजनितिज्ञसहित पहँचवालाहरुले बिचौलिया बचाउन आफूलाई धम्की दिने गरेकोे बताउनुभयो ।
विवेकशील साझा पार्टीको सामजिक न्याय तथा समावेशिता विभागले शनिबार संचालन गरेको समता संवाद श्रृंखलामा आफ्ना अनुभव सुनाउँदै दनुवारले सबैको सहयोगमा मात्रै निकृष्ट चेलिबेटी र मानव वेचबिखन विरुद्वका दलाल र बिचौलियाहरुलाई जेल कोच्न सकिने कुरामा जोड दिनुभयो।

त्यस्तै सोहि कार्यक्रममा सामाजिक न्याय तथा समावेशिता विभागका प्रमुख प्रकाशचन्द्र परियार आफूहरु समता अभियानमा अग्रभागमा रहेर काम गरिरहेका बताउनुभयो ।

यसै अवसरमा परियारले समानता, समवेशिता सामाजिक न्याय र मानव पर्यादाका विभिन्न पाटाहरुबारे पार्टीले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।