बजार सफाइका लागि डष्टविन वितरण

0
Shares

महेश न्यौपाने, रोल्पा
होलेरी वजार क्षेत्रको सरसफाईका लागी रुन्टीगढी गाउँपालिकाले डष्टविन वितरण गरेको छ । वजार क्षेत्रको दीगो सरसफाईमा सहयोग पुग्ने उद्धेश्यले उक्त डष्टविन विवतरण गरिएको वताइएको छ ।

होलेरी वजार व्यवस्थापन समिति र होलेरी वजार सरसफाई समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको उक्त २५ थान फलामको फाहोरदानी फ्रेम, ५० थान फोहोरदानी, ५ थान फाहोर जलाउने भाडो र ६ थान फाहोर संकलन गर्ने ताँती रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

हस्तान्तरण कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष बालाराम वुढाले सामाग्री व्यवस्थापनले वजार क्षेत्रको दीगो सरसफाईमा सहयोग गर्ने अपेक्षा गरेका थिए । वजारवासीको पहल र अगुवाईमा मात्रै वजार सफाई हुने अध्यक्ष वुढाको भनाई थियो । स्वर्गद्धारी, रुन्टी जस्ता प्रशिद्ध धार्मिक स्थलको प्रवेशद्धार होलेरी रहेकाले यसको सरसफाईलाई विशेष प्राथमिकता दिनु पर्ने अध्यक्ष वुढाको भनाई थियो ।

गाउँपालिका अध्यक्ष वालाराम वुढाले वजार व्यवस्थापन समितिका अध्यक्ष भुपाल वस्नेतलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहभागीतामा सो कार्यक्रम भएको गाउँपालिकाका सरसफाई फोकल पर्सन दीपक डिसीले जानकारी दिए । फाल्गुन १० र ११ गते हुने गाउँपालिकाको आयोजनामा हुने विकास सम्मेलनलाई सहयोग पु¥याउने उद्धेश्यले समेत उक्त सामाग्री वितरण गरेका हौ फोकल पर्सन डिसीले भने ।

गाउँपालिकाले उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा रोल्पा जिल्लावाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, प्रदेश योजना आयोगका उपाध्यक्ष, संचारकर्मी लगायतको उपस्थितिमा फाल्गुन १० र ११ गते विकास सम्मेलन गर्न लागेको छ ।

विकास सम्मेलनमा रुन्टीगढी सहित समग्र रापती क्षेत्रको पर्यटन र पूर्वाधार क्षेत्रको विकासका लागी ४ वटा कार्यपत्र प्रस्तुत हुने भएको छ । उक्त कार्यपत्र माथि प्यानल छलफल गरि निश्कर्षमा पुगिने गाउँपालिका अध्यक्ष वालाराम वुढाले जानकारी दिए ।

विकास सम्मेलनमा आएको निश्कर्षलाई आधार मानी गाउँपालिकाले आगामी विकास योजनाको प्राथमिकता निर्धारण गर्छ अध्यक्ष वुढाले भने । स्थानीय तहको निर्वाचन पछि जिल्लामै पहिलो पटक हुने भनिएको सो सम्मेलनलाई सवैले चासोका साथ हेरिरहेका छन ।