गणेश विष्ट, भोजपुर
भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्छ षडान्नद नगरपालिका त्यहि नगरपालिकाको काखमा छ मथेटार भन्ने गाँउ, अरुण नदिको किनारमा पर्ने यो गाउँमा लोप उन्मुख कुमाल समुदायको वस्ती छ । त्यो वस्तीमा करिव ३० घर कुमाल समुदायका मानिसहरु वसोबास गर्दछन् । उनिहरु मध्ये ५÷६ परिवारको त आफ्नो घर जग्गानै छैन अरुकै बनिवुतो गरेर जिविको पार्जन गर्ने गरेका छन् । त्यस्तै यस समुदयका मानिसको दिन चर्या कुटो कोदालो, माटाको भाडाँ, तथा अरुण नदिमा गएर माछा मारेर खानाको जोहो गर्दै वित्छ । उनिहरुलाई विहान वेलुकाको छाक टार्नै समस्या हुने गर्दछ ।
गरिवीकै कारण कुमाल समुदायका अधिकांस बालवालिका शिक्षाको पुँचबाट बाहिर छन् । गाउमै जनचेतना प्राथामिक विद्यालय छ तर तेहि स्कुलमा पनि पढ्न जादैनन । यो समुदयका वालबालिकाहरु, मध्ये कतिलाई त थाहानै छैन शिक्षा के हो भनेर । कारण यस्तो छ उनिहरुलाई माध्यामिक शिक्षा लिनलका लागि अर्काे जिल्ला संखुवासभा जानु पर्छ त्यो पनि खोलामा पुल नहुदा समस्या हुने गरेको छ ।
शिक्षा लिनका लागि जिल्लामै रहेको अरुण माध्यमिक विद्यालयमा जानपनि उनिहरुलाई तीन घण्टा भन्दा बढी समय लाग्ने अरुण माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण बोगटी बताउछन् । उनि भन्छन् “त्यो समुदयका अधिकांस मानिस शिक्षाको पहुंच भन्दा बाहिर छन् विद्यालय शिक्षाको लागि संखुवा सभाको तुम्तीङटार जानु पर्छ अरुण नदिमा पुल छैन गरिवीको कारण पनि कुमाल समुदायले उच्चशिक्षा समेत हासिल गर्न ग्राह्रो छ ।”
राज्यले निशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि यस समुदायमा बालबालिकालाई विद्यालय जान कापी कलम समेत किन्न समस्या हुने गरेको छ । परिवारका अभिभावक नै अशिक्षित भएको कारण उनिहरुले आफ्ना छोरा छोरीलाई समेत स्कुल पठाउदैनन् । बालबालिका अलिक ठूला भए पछि आफ्नै पेशामा काम गर्न लगाउने गरेका छन् । ३० घर कुमाल वस्तीमा करिव एक डेड सयको हाराहारीमा बालबालिका छन् ति मध्य ३५ जना जती बालबालिका पनि स्कुल जाँदैन्न ।
कुमाल वस्तीमा पानिको हाहाकार
कुमाल वस्तीको अर्काे समस्या हो पीउने पानी, यो बस्तिमा पीउने पानीको पनि उतिकै समस्या छ । पानिको समस्याको कारण वस्तीनै संकटमा परेको छ । उनिहरुलाई पानी लिनको लागि अरुण नदिमा पुग्नु पर्छ, गत वर्ष बस्तीका केहि घरमा सामुहिक धाराको व्यवस्था गरे पनि बाँकी घर परिवारको वेथा उस्तै छ । गाँउ घरमा रहेका कुवा सुके पछि त झनै समस्या भएको स्थानियको भनाई छ ।
उनिहरुको पेशा माटाको भाडाँ बनाउने भएको कारणले पनि पानीको बढी आवश्यक्ता पर्छ तर पानीको समस्या तथा प्लास्टिकका भाडा कुडाको बजारमा आएको कारण व्यवसाय समेत धरापमा परेको उनिहरुको गुनासो छ । यता स्थानिय तहले भने उनीहरुको व्यवसायको संरक्षको लागि आधुनिक माटाको भाँडा बनाउने तालिम सञ्चालन गर्ने बताएको छ ।
त्यस्तै पानीकोे स्रोतको पहिचान भईरहेको र मुहान फेला परेपछि आगामी बर्ष सम्ममा योजना बनाएर यो वस्तीमा पानी पुर्याउने तयारीकाका साथ काम अगाडी वढाएको वाअध्यक्ष राजन राईले बताए । पालिकै कारण केही घर परिवारत बसाई नै सरिसकेको स्थानिले बताउने गरेका छन् ।











प्रतिक्रिया