पत्रकारलाई हात्तीपाइलेविरुद्धको औषधि

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा पत्रकारहरूलाई हात्ती पाइले रोग विरुद्धको औषधि खुवाई दशौं प्रचार कार्य सुरु गरिएको छ । बेसीशहर नगरपालिकाको संयोजनमा जिल्ला स्वास्थ्य कार्यालयले पत्रकार बीच अन्तरक्रिया कार्य समेत गरी प्रचारको थालनी गरेको हो ।

लमजुङमा विश्व स्वास्थ्य दिवसको अवसरमा पारेर हात्ती पाइले रोग विरुद्ध दशौं चरणको औषधि सेवन कार्य फागुन १५ गतेदेखि अभियानको रूपमा घरघरमा गएर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने भएको जन स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईले बताउनु भयो । उहाँका अनुसार पहिलो दिन सबै पालिकाको वडाको पायक पर्ने स्थानमा र भोलिपल्ट देखि घरदैलो अभियान सञ्चालन गरी १५ दिने अभियान सञ्चालन गरिने छ । यस वर्ष जिल्लाका एक लाख ६६ हजार जनालाई सो औषधि खुवाउने तयारी गरिएको चापागाईले बताउनु भयो ।

कार्यक्रममा जिल्ला अस्पतालका डा. हिक्मत भण्डारीले हात्ती पाईले रोगको चिनारीदेखि सो रोग लामखुटटेको टोकाईबाट सर्ने र त्यो जिवाणु शरीरमा प्रवेश गरेको तीन देखि चार वर्षसम्म त्यसको प्रजनन क्षमता हुने हुँदो छ वर्षसम्म औषधि सेवन गरेमा निर्मूल हुन्छ भन्नु भयो । उहाँले भन्नुभयो तर लमजुङको हकमा त्यसो हुन सकेन तेस्रो प्रि टान्समा पनि जिल्ला फेल भएको हुँदा यो अभियान पुनः सुरु गर्नु पर्ने भएको हो । गण्डकी प्रदेशमा लमजुङ सहितका तीन जिल्ला पर्वत र बाग्लुङमा पनि यो समस्या छ डा. भण्डारीले बताउनुभयो । उहाँका अनुसार ती जिल्लामा पनि लमजुङमा जस्तो एक थलोमा समस्या केन्द्रीत रहेको छ ।

लमजुङमा सातौं चरणको औषधि सेवन अर्थात दोस्रो प्रिटान्स गरिदा पनि ५ दशमलव ३२ प्रतिशत संक्रमित फेला परेका थिए । आठौं र नवौँ राउण्डको औषधि सेवन तथा तेस्रो प्रिटान्समा त्यो संख्या घटेर २ दशमलव ५ प्रतिशत कायम भएको स्वास्थ्य कार्यालयका प्रमुख चापागाईले बताउनु भयो । उहाँका अनुसार तर यो रोगको निदानका लागि हु्नुपर्ने एक प्रतिशतभन्दाको कम लक्ष्य हासिल हुन नसकेको हुँदा दशौं चरणको अभियान सञ्चालन गर्नु परकोे हो । लमजुङमा बढी प्रभावित क्षेत्रमा रागिनास नगरपालिकाको वडानं ४ को चक्रतीर्थ र वडानं ६ धमिलिकुवा क्षेत्र रहेको उहाँको भनाई छ ।

उहाँका अनुसार ती क्षेत्रमा लिइएको छ सय जनाको स्याम्पलमा १५ जना संक्रमित भेटिएर २ दशमलव ५ प्रतिशत कायम भएको हो । यो वर्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने हुँदा यो अझ कम हुने सम्भावना छ चापागाई बताउनु हुन्छ । उहाँका अनुसार हात्ती पाइले रोगका विभिन्न लक्षणमध्ये लमजुङमा बढी मात्रामा हर्निया(अण्डकोष सुनिने) देखा परेको छ । यसमा ८० जना त्यस्ता विरामी फेला परेकोमा गत वर्ष सञ्चालन गरिएको निःशुल्क शिविरमा जम्मा सात जनाले मात्र शल्यक्रिया गर्न आए, यस प्रकार मानिसले रोग पालेर बस्ने तर निःशुल्क उपचार पाउँदा पनि नगर्ने सर्वसाधारणको बानी हाम्रा लागि चुनौतिको विषय बनेको चापागाईले उल्लेख गर्नु भयो । उहाँका अनुसार यस वर्ष पनि हर्नियाको निःशुल्क शल्यक्रियाको शिविर सञ्चालन गर्ने कार्यक्रम छ ।

हात्ती पाइले विरुद्धको औषधि खुवाउने अभियानमा जिल्लाभर चार सय ७२ जना स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी रहेको बेसीशहर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमेश्वर पियाले बताउनु भयो । उहाँका अनुसार जिल्लामा सो अभियान सञ्चालनका लागि औषधि बाहेकको बजेट ४७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ प्राप्त भएको छ ।